सुपर ओभरमा दिल्लीको जगजगी

Share this news

दिल्ली — दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । सुपर ओभरमा राजस्थानले ५ बल खेलेर दुवै विकेट गुमाई ११ रनमात्र बनाउन सकेको थियो । दिल्लीबाट केएल राहुल र ट्रिस्टन स्टब्सको जोडीले ४ बलमै १३ रन बनाएको थियो ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको दिल्लीले अरुण जेट्ली रंगशालामा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो ।

जवाफमा आएको राजस्थानलाई अन्तिम ओभरमा विजयका लागि ९ रन आवश्यक थियो । त्यो अन्तिम बलमा २ रन बनाउनुपर्ने अवस्थामा पुगेको थियो । तर ध्रुव जुरेलले १ रनमात्र बनाउन सकेपछि खेल ‘टाइ’ हुँदै पुगेर सुपर ओभरमा पुगेको थियो ।

दिल्लीको ६ खेलमा यो पाँचौं विजय हो । यता राजस्थानले ७ खेलमा ५ पराजय भोगिसकेको छ । दिल्लीबाट अभिषेक पोरेलले ३७ बल खेल्दै ५ चौका र १ छक्कासहित ४९, राहुलले ३२ बलमा समान २ चौका र छक्कासहित ३८, स्टब्सले १८ बलमा अविजित ३४, कप्तान अक्षर पटेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए । राजस्थानबाट जोफ्रा आर्चरले २ विकेट लिए ।

राजस्थानबाट यशस्वी जयसवालले ३७ बल खेल्दै ३ चौका र ४ छक्कासहित ५१, सञ्जु सामसनले १९ बलमा ३१, नितिश रानाले २८ बलमा ६ चौका र २ छक्कासहित ५१ तथा जुरेलले १७ बलमा २६ रन बनाएका थिए ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार