खरसाङ,22 जून(मोहन प्रसाद):अ खरसाङ बजार क्षेत्रमा बाटोमा हिँड़दा मानिसहरूले अनावश्यक असुविधाहरूको सामना गर्न परिरहेका छन्। यस समस्याको विषयमा समाचार पत्रमा अगावै धेरै पटक समाचार प्रकाशमा आए तापनि अहिले उक्त समस्याको समाधानमाथि कुनै पहल गरिएको देखिएको छैन् । समयको परिवर्तन संगै उक्त समस्या बजारको कतिपय अन्य बढ़दै गइएको छ। खरसाङ बजार क्षेत्रमा रहेको विभिन्न प्रमुख बाटो वा गल्लीहरूमा मानिसहरू हिँड़दा जुन असुविधा भोगिरहेका छन् त्यस समस्या समाधानको निम्ति सम्बन्धित निकायले जनमानसको सुविधालाई प्राथमिकता दिँदै तत्काल कार्य गर्न आवश्यक रहेको छ। यो समस्या खरसाङ बजार क्षेत्रको विभिन्न होटल, घर, चिया पसलमा लगाइएको एग्जस फ्यान अथवा धुँवा निकासी पङ्खाको हो। खरसाङ बजारको विभिन्न होटल, घर, चिया पसलहरूले मानिसहरू हिँड़ने बाटो तर्फ फर्काएर भान्साको धुँवा निकासी पङ्खा जड़ान गरेका छन्। यी पङ्खाहरूबाट निस्किएको धुँवा, पिरो, तितो, विभिन्न कुरो पकाइएको गन्ध आउने गर्छ। मानिसहरू हिँड़िरहेको समय एक्कासी यस्तो गन्ध र धुँवा मुख र नाकमा पर्दा मानिसहरू समस्यामा पर्ने गरेका छन्। एक्कासी यस्तो धुँवा अनि गन्धको सामना गर्दा मानिसहरूलाई खोकी लागेको, हाँच्छ्युँ आएको देखिएको छ। यसरी निकासी पङ्खाबाट छेउ-छाउका मानिसहरू पनि समस्यामा परेको गुनासो छ। कतिपय होटल, पसल, चिया दोकानहरूले छेउका मानिसहरूको घर तर्फ फर्काएर धुँवा निकासी पङ्खा लगाएको गुनासो पनि छ। दोकान, होटल, चिया पसल बाहेक कतिपय घरहरूले पनि छिमेकीको घर तर्फ फर्काएर धुँवा निकासी पङ्खा लगाइदिएको गुनासो छ। मानिसहरूको घर तर्फ फर्काइएको यस्तो पङ्खाबाट निस्किएको धुँवा अनि गन्धले समस्या भइरहेको छ। यस्ता पङ्खाबाट निस्किएको धुँवा र गन्ध घरभित्र पसेर घरको वातावरणनै प्रदुषित बनिरहेको पनि कतिपय मानिसको गुनासो छ। यस विषयमा सम्बन्धित निकायले विचार गर्न पर्ने, यस प्रकारको प्रदुषण फैलाउने धुँवा निकासी पङ्खाहरू सही तरिकाले लगाउनको निम्ति सम्बन्धित नियालयले दिशा निर्देश जारी गर्दै यसको पालन गराउन पर्ने, यस्ता कार्यहरूको समय-समयमा निरीक्षण गरेर अटेरी व्यक्तिहरू विरुद्ध कार्वाही गर्नु पर्ने मानिसहरूको माग रहेको छ। यसो नगरिएको खण्डमा धुँवा निकासी पङ्खाको समस्या आगामी दिनमा अझ बढ़ेर जानेछ भनी मानिसहरूले बताएका छन्।
धुँवा निकासी पङ्खाको कारण समस्या भोग्दैछन् मानिसहरूले
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
