डीएनए जाँच गर्ने कम्पनी टाट पल्टिँदा आनुवांशिक डेटा बिक्रीको जोखिम

Share this news

काठमाडौँ — डीएनए परीक्षणमार्फत कुनै पनि व्यक्तिको पुर्ख्यौली इतिहास र वंशाणुगत स्वास्थ्यबारे पत्ता लगाउन मद्दत गर्ने एक अमेरिकी कम्पनी टाट पल्टिएसँगै लाखौं प्रयोगकर्ताहरूले आफ्ना आनुवांशिक डेटा कम्पनीको प्रणालीबाट हटाउन कसरत गरिरहेका छन् । करिब १ करोड ५० लाख मानिसको डीएनए विवरण संकलन गरिसकेको ‘ट्वान्टी थ्री एन्ड मी’ नामक प्रख्यात बायोटेक कम्पनीले यो साता ब्यांकरप्सी संरक्षणका लागि संघीय अदालतमा निवेदन दर्ता गरेको छ ।

लामो समयदेखि चलिरहेको आर्थिक संकटपछि कम्पनीले गत मार्च २४ मा युनाइटेड स्टेट्स कोडअन्तर्गत च्याप्टर ११ को ब्यांकरप्सीसम्बन्धी निवेदन संघीय अदालतमा दर्ता गरेको हो । च्याप्टर ११ ब्यांकरप्सीसम्बन्धी प्रावधानले कुनै पनि कम्पनी, व्यवसाय वा व्यक्तिलाई ऋण पुन: संरचना गर्ने मौका प्रदान गरेको छ । यसको उद्देश्य कम्पनीलाई पूर्ण रूपमा बन्द नगरी आर्थिक रूपमा पुनः स्थापनाको अवसर प्रदान गर्नु हो ।

ब्यांकरप्सी दर्ता भएसँगै कम्पनीकी प्रमुख कार्यकारी अधिकृत एनी वोज्स्कीले राजीनामा दिएकी छन् भने कम्पनीले ४० प्रतिशत कर्मचारी कटौती गरिसकेको छ । कुनै बेला साढे ३ अर्ब डलर बजार मूल्यांकन भएको यो कम्पनीलाई १.१ करोड डलरमा खरिद गर्ने प्रस्ताव आएका थिए । तर, सञ्चालक समितिले यस्ता आकर्षक खरिद प्रस्ताव त्यसबेला अस्वीकार गरेको थियो । हाल कम्पनीको भविष्य नै अनिश्चित बनेको छ ।

विगतमा ट्वान्टी थ्री एन्ड मीको सेवा लिएका लाखौं ग्राहक आफ्नो जिनेटिक डेटा (आनुवंशिक विवरण) को सुरक्षाबारे चिन्तित छन् । सन् २०२३ मा कम्पनीको वेबसाइट ह्याक भएर डेटा लिक भएपछि ६९ लाख ग्राहकको अतिवैयक्तिक विवरण बाहिरिएको थियो । उक्त घटनासम्बन्धी मुद्दामा कम्पनीले ३ करोड डलर जरिवाना तिर्नुपरेको थियो ।

ब्यांकरप्सी प्रक्रिया अघि बढेमा यो कम्पनी बिक्रीका लागि राखिनेछ । यसको अर्थ कम्पनीको डेटासेट सबैभन्दा बढी बोली लगाउनेले खरिद गर्नेछन् । यसरी आफ्ना आनुवंशिक विवरण बिक्रीमा राखिन लागेको भन्दै प्रयोगकर्ताहरू आत्तिएर आफ्ना विवरण डिलिट गरिदिन कम्पनीलाई अनुरोध गरिरहेको सीएनबीसीको समाचारमा उल्लेख छ ।

‘अनलाइन ट्राफिक विश्लेषण गर्ने सिमिलर वेबका अनुसार कम्पनीले ब्यांकरप्सी घोषणा गरेको दिन १५ लाख प्रयोगकर्ताले कम्पनीको वेबसाइट भिजिट गरेका थिए,’ सीएनबीसीले लेखेको छ, ‘यो भनेको अघिल्लो दिनको तुलनामा ५२६ प्रतिशतले बढी हो । हेल्प पेजमा रहेको डेटा डिलिट गर्नेसम्बन्धी जानकारीमा मात्रै करिब ४ लाख भिजिट देखिएको थियो ।’


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार