ट्रम्पले ल्याएको नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन

Share this news

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ल्याएको रेसिप्रोकल भन्सारदर चीनबाहेक अरु देशका हकमा तत्काल कार्यान्वयनमा नआउने भएको छ ।

ट्रम्पले अघिल्लो साता घोषणा गरेको ‘जस्तालाई तस्तै भन्सार दर’ (रेसिप्रोकल ट्यारिफ) ९० दिन (तीन महिना) का लागि स्थगन गरेको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले चीनमाथि लगाएको भन्सार शुल्कलाई १२५ प्रतिशत बढाएको छ । ट्रम्पकाअनुसार यो तुरुन्तै लागू हुन्छ ।

सामाजिक सञ्जाल ट्रुथमा यसबारे राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदैछु, जुन तुरुन्तै लागू हुनेछ । आशा छ– चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानी पुर्‍याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन ।’

ट्रपले नयाँ ट्यारिफका कारण चर्को आलोचना खेप्नुपरेको छ । नयाँ ट्यारिफका कारण खासगरी शक्ति राष्ट्रलाई ठूलो असर परिरहेको थियो ।

जसबाट नेपाल पनि अछुतो थिएन । नयाँ ट्यारिफअनुसार नेपाली वस्तु अमेरिका निर्यात गर्दा १० प्रतिशत भन्सार तिर्नुपथ्यो । पहिलेको तुलनामा नेपाली वस्तु अमेरिका निकासीमा महँगो पर्दै थियो । तर शक्तिराष्ट्रहरुलाई लगाइएको भन्दा यो दर कम भएको भन्दै नेपालका उद्योगी व्यापारीले राहत महशुस गरेका थिए ।

नयाँ ट्यारिफका कारण विश्व अर्थतन्त्र नै मन्दीमा जाने खतरा विश्लेषण हुँदै आएको थियो ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार