उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध सवा ३ करोडको भ्रष्टाचार मुद्दा

Share this news

काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजनाअन्तर्गत गौरीघाटमा करारमा कार्यरत अमिन यादवविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पदको दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएपछि बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध अख्तियारले २०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको अवधिमा आर्जन गरेको चलअचल सम्पत्ति अनुसन्धानको दायरामा ल्याएको थियो । स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो ।

सो अवधिमा यादवको वैध आय २ करोड ४२ लाख २० हजार ३ सय १ रुपैयाँ ३० पैसा देखिएको र ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसा ऋणात्मक रही गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै बिगो बराबरको सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी लिएको छ । गैरकानुनी सम्पत्तिबाट बढे–बढाइएको हाल कायम सम्पत्ति गर्न पनि अख्तियारले दाबी गरेको छ ।

यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको र सोबाट बढे बढाएको सम्पत्ति पत्नी अमृताकुमारी यादवका नाममा समेत राखेको भेटिएको छ । अख्तियारले अमृताकुमारीका नाममा राखिएको गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । पदमा रहँदा यादवले घुसलगायत लेनदेनबाट गैरकानुनी आर्जन गरेको पनि अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार