आईजीजेएफका दुई जना कार्यकर्ताहरूले पाए जमानत

Share this news

दार्जीलिङ,22 जून (निस): इण्डियन गोर्खा जनशक्ति
फण्ट (आईजीजेएफ)-का कार्यकर्ता दिपु थापा अनि पेमा छिरिङ उर्फ मनिष लेप्चाले कलकत्ता उच्ब न्यायलयबाट जमानत पाएपछि उनीहरूलाई दार्जीलिङ सुधार गृहबाट रिहा गरिएको छ। उनीहरूले कलकत्ता उच्च न्यायलयबाट रिहा गरिएपछि पार्टी संयोजक तथा सभासद् अजय एडवर्ड हिजो उनीहरूलाई भेट्न दार्जीलिङको संशोधन गृह पुगेका थिए। ज्ञात रहोस्, उनीहरू दुवैलाई गत अप्रेलको दिन जोरबंगलो पुलिस थाना अधिनस्थ एक युवकलाई ड्रग्स ओसार पसारमा स्कुटी दिएर सहयोग गर्ने गरेको आरोपमा दिए शापालाई पु‌लिसले पक्राउ गरेको थियो भने छिरिङ उर्फ मनिष लेप्चालाई पनि मामिलामा पक्राउ गरिएको थियो। त्यसपछि उनीहरू दार्जीलिङको संशोधन गृहमा सजाय काटिरहेका थिए। तर हिजो कलकत्ता उच्ब न्यायलयबाट उनीहरूले जमानत पाएर उनीहरू संशोधन गृहबाट निस्किएपछि उनीहरूलाई पाट को पश्वबाट खदा लगाएर स्वागत गरियो। सोही अवसरमा बोल्दै अजय एडवर्डले उनीहरू दुइको पकाउलाई षड़यंत्र भनी बताए। उनले भने, उनीहरूले ड्रग्स बेच-बिखान गरेको भए आज भेट्न आउने थिइन। म विश्वस्त तु उनीहरु राजनैतिक पौड़ित मात्र हो। आज पनि खुशौ छु। उनीहरूले ड्रग्स बेच्दैछ भन्ने हामीलाई शंका भए हाम्रै पाटको भए पनि म केही गर्ने थिइन। तर उनीहरू निर्दोष छ भनेर सत प्रतिशत थाहा छ,एडवर्डले भने।

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार