रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा

Share this news

यस फिल्ममा शाहरुखको साथमा रानी मुखर्जी र दीपिका पादुकोण पनि देखिँदैछन् । सिद्धार्थ आनन्दको डेब्यू निर्देशनमा बन्न लागेको यो फिल्म स्टार कास्टका कारण यसअघि नै निकै चर्चामा छ । समाचारमा जनाइएअनुसार रानी फिल्ममा लामो ‘केमियो’मा देखिँदै छिन् ।

यसमा उनले शाहरुखकी छोरी सुहाना खानको आमाको भूमिका निभाउँदैछिन् । रानी र शाहरुखले यसअघि पनि निकै फिल्ममा काम गरिसकेका छन् । लामो समयपछि यो जोडीको एक्सन थ्रिलर फिल्म आउन लागेको हो । तर यसअघि भने सुहानाको आमाको भूमिकामा दीपिका देखिन सक्ने चर्चा चलेको थियो ।

फिल्ममा शाहरुख एक हत्याराको भूमिकामा देखिँदैछन् । अभिषेक बच्चन र दीपिका फिल्ममा नकारात्मक भूमिकामा छन् । फिल्मको सुटिङ मे २० देखि मुम्बईमा सुरु हुँदै छ । यसपछि फिल्मको छायांकन युरोपका अरू कैयौं स्थानमा हुने बताइएको छ ।

निर्माताहरूले यो फिल्म सन् २०२६ को अक्टोबर–डिसेम्बरको बिचमा रिलिज गर्ने योजना बनाएका छन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार