रेलिङ, 20 जुन (निसं): गोजमुमो अध्यक्ष बिमल गुरूङले आफ्नो निजी सहयोगबाट अप्पर बडारे निवासी पुरण गुरूङको घर निर्माण गरिदिने बचन पूरा गरे। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङ विगत बर्ष रेलिङ कैँजले समष्टि भ्रमणको क्रममा अप्पर बडारे पुरण गुरूङको घर सोचीनय अवस्थामादेखि पछि तिनको घर बनाइदिने बचन दिएको थियोे। सोही अनुरूप आज गोर्खा जनमुक्ति मोर्चा रेलिङ कैँजले समष्टि संयोजक मुकेश पोखरेल सहित एक प्रतिनिधि टोलीले अध्यक्ष बिमल गुरूङलाई भेटि उक्त बिषयमा अवगत गराए पछि उनको निजी सहयोगमा पुरण गुरूङलाई घर बनाउन इटा, सिमेन्ट, च्यादर आदि हस्तान्तरण गरेको छ। आफुमाथि यति ठूलो ह्रदय देखाएको भन्दै पुरण गुरूङले गोजमुमो अध्यक्ष बिमल गुरूङलाई धन्यवाद दिएका छन भने गोजमुमो अध्यक्ष बिमल गुरूङको दुरदर्शिताको कारण नै गरीब तथा असाहय मानिसहरूले सहयोग पाइरहेको बताएका छन । हामी भविष्यमा पनि यहाँले मानवहितका लागि गरिरहेको कार्य निरन्तर चलिरहोस भनी अपेक्षा राख्छौं भनी समष्टिका सक्रिय प्रतिनिधि द्वय सदस्य अमित गुरूङ अनि सन्त कुमार गुरूङले बताएका छन।
यस दिन गोर्खा जनमुक्ति मोर्चा रेलिङ कैँजले समष्टि संयोजक मुकेश पोखरेल, अमित गुरूङ, सन्त कुमार गुरूङ, पुरण गुरूङ लगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहको थियोे ।
गोजमुमो अध्यक्षको घर निर्माण गरिदिने बचन पुरा भयो
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
