सिविटार सडकमा गयो पैह्रो

Share this news

खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारी जाने सडकमा पैह्रो गएपछि आज सम्बन्धित विभागका अधिकारीहरु र महानदी ग्राम पञ्चायतको प्रधान, पञ्चायत समिति सदस्य र पञ्चायत सदस्य आदिद्वारा पैह्रो क्षेत्रको निरीक्षण गरेका छन्। महानदीदेखि सिविटार जाने रोड अन्तर्गत गैरी गाउँ पुग्ने बेलामा सडकको आधा भाग हिजो राति पैह्रोले लगेपछि गाडीहरु कुदाउन जोखिमपूर्ण बनेको थियो। उक्त पैह्रोको निरीक्षण गर्नलाई खरसाङबाट डब्ल्युबीएसआरडीए विभागबाट सहायक अभियन्ता विशाल प्रधान, एसएई मन्डुप लामा साथै महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्य राजीव तामाङ आदिले निरीक्षण गरेर पञ्चायतको तर्फबाट पोलिथिन लगाएर ढाक्ने काम गरिएको छ।

Landslide at Siwitar road


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार