पैह्रोले अवरुद्ध बनेको ७ माइल बाइपास सड़कमा यातायात सुचारु

Share this news

कालेबुङ, ३० मई (निसं)ः
गएरातिको अविरल वर्षाले ३३ नम्बर समष्टि अन्तर्गत कालेबुङ ७ माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा उक्त सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ्। यो सड़क मंगबोल बस्ती र अरू पाँचभन्दा बढी गाउँहरूको जीवनरेखा मानिन्छ, जसले गर्दा पैह्रोले व्यापक असर पारेको छ।
स्थानीयवासीहरूका अनुसार रातको समयमा खसेको पैह्रोले सड़कका दुबै दिशामा सवारी साधनहरू अड्किएका थिए्। पैह्रोका कारण स्थानीय बासिन्दाहरू दैनिक ओहोरदोहोर, आपतकालीन सेवाहरू र व्यापारमा ठूलो असुविधामा परेका थिए।
घटनापछि शुक्रबार बिहानैदेखि स्थानीय प्रशासनले तत्काल सरसफाइको काम शुरू गर्‍यो। क्षेत्रीय कार्यकारी सभासद् सिनोरा नाम्चु र कालेबुङ पञ्चायत प्रधान तसुथिङ लेप्चाको नेतृत्वमा जेसीबी मेसिनमार्फत पैह्रो हटाउने कार्य गरिएको थियो। तिव्र प्रयासपश्‍चात् शुक्रबार दिउँसोबाट पुनः यातायात सञ्चालनमा आएको छ।
पत्रकारहरूसँगको कुराकानीमा सभासद् नाम्चुले भनिन्, गएरातिको झरीले ७ माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा स्थानीयवासीहरूलाई अप्ठ्यारो भयो। हामीले तत्काल आवश्यक मेसिनको व्यवस्था गरेर बिहानैदेखि सरसफाइको काम शुरू गरेका थियौँ, अहिले सड़क सुचारू भइसकेको छ।
सभासद् नाम्चुले मनसुन शुरू हुन लागेको उल्लेख गर्दै आगामी दिनमा सम्भावित विपद्हरूका लागि आफू पूर्ण रूपमा तयार रहेको बताइन्। साथै, उनले समष्टिवासीलाई सतर्क रहन र आपतकालीन अवस्थामा प्रशासनसँग सहकार्य गर्न आग्रह गरिन्।
स्थानीय बासिन्दाहरूले नेतृत्व र तिव्र पहलको प्रशंसा गर्दै सडक खोलिएकोमा राहतको महसुस गरेका छन्। वर्षा यामसँगै जोखिम बढ्ने भएकाले प्रशासनले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार