वरिष्ठ मा.वि., हि-याङ्थाङको उदाहरणीय कार्य

Share this news

सिक्किम राज्यको जैविक अभियानलाई सशक्त समर्थन गर्ने क्रममा सरकारी वरिष्ठ माध्यमिक विद्यालय, हि-याङ्थाङले एक अनुपम उदाहरण प्रस्तुत गरेको छ। सन् १९४१ मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि शिक्षाको क्षेत्रमा राज्यमै विशिष्ट उपलब्धिहरू हासिल गर्दै आएको छ। यस्तै अब विद्यालयले आधुनिक शिक्षासँगै व्यवहारिक ज्ञानको सन्तुलन गर्दै विद्यार्थीहरूलाई कृषि शिक्षामा सक्रिय रुपमा संलग्न गराएको छ। विद्यालयका प्रधान अध्यापक नारायण बस्नेतको नेतृत्वमा सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरू मिलेर यस वर्ष जैविक हर्दी (बेसार) खेती सुरुवात गरिएको थियो। यो प्रयास केवल शिक्षण मात्रै नभई वास्तविक उत्पादनसम्मको यात्राको रूपमा रहेको छ। उत्साहपूर्वक काममा लागेका नानीहरूले खेतमा बीऊ रोप्नेदेखि उत्पादित हर्दीलाई पिसेर पिठो बनाउने प्रक्रिया समेत आफै सिकेका छन्। अहिले विद्यालयले उत्पादन गरेको बेसारको पिठो स्थानीय बजारमा विक्रिमा ल्याउने तयारीमा छ, जसले विद्यार्थीहरूलाई कृषि–उद्योग र उद्यमशीलताको व्यवहारिक समझ दिलाएको छ।

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार