एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान

Share this news

दार्जीलिङ,21 जुन(निसं):दार्जीलिङको रामकृष्ण बीटी कलेजमा 11औं योगा दिवस कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा  कलेजका प्रमुख प्राध्यापिका लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, डा. प्रियङ्का दुबे, शारीरिक शिक्षक कुमार तामाङसहित अन्य प्राध्यापक-प्राध्यापिकागण, अशिक्षण कर्मचारी साथै प्रशिक्षार्थीहरूका उपस्थिति थिए। कार्यक्रममा दीप प्रज्जलन गरेपश्चात् स्वागत भाषण र योगा विषयमा मनोदिव्या देवानले प्रस्तुत गरेका थिए। शारीरिक शिक्षक कुमार तामाङले प्रशिक्षार्थीहरूसहित अन्य उपस्थित प्राध्यापक-प्राध्यापिका, कर्मचारीहरूलाई योगाभ्यास गराए भनी कलेजले जानकारी गराएको छ। कलेजको जानकारी अनुसार, विशेष यस कार्यक्रममा प्रशिक्षार्थीहरूमाझ विभाग अनुसार योगा प्रतियोगिता भएको थियो। प्रतियोगितामा प्राध्यापिका लोचन थापा, पीएल श्रेष्ठ, दिव्या छेत्री, दिलीप प्रधानहरू निर्णायक थिए। प्रतियोगितामा प्रथम स्थान विज्ञान, दोस्रो स्थान नेपाली, तेस्रो स्थान भूगोल विषयका प्रशिक्षार्थीहरू विजय भए भने दिवाकर शर्मा र छेवङ लमु शेर्पा सर्वोत्तम प्रतियोगी बने। अन्तमा कार्यक्रमको औचित्यबारे प्राध्यापिका लोचन थापाले आफ्नो सम्बोधनसहित कार्यक्रम समाप्त भएको घोषणा गरिन्।
कार्यक्रमलाई  सञ्चालकद्वय नितेश राई र मनोदिव्या देवानले सञ्चालन गरेका थिए। कार्यक्रमको दोस्रो दिनमा दि आर्ट अफ् लिभिङका सदस्य याङ्जी शेर्पाको उपस्तिथि थियो। शेर्पालाई कलेज पक्षबाट स्वागत गरेपश्चात् शेर्पाले योगाभ्यासबारे आफ्नो सम्बोधन गर्दै योगाभ्यास गराइएका थिए। जसमा कलेजका प्रशिक्षार्थीहरूसहित प्राध्यापिका लोचन थापाले पनि योगाभ्यास गरिन्।

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार