खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

पन्जाबको जोस, चेन्नई उस्तै

मोहाली — प्रियांश आर्यले शतक बनाएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबको ४ खेलमा यो तेस्रो जित हो । तर, चेन्नईले ५ खेलमा चौथो पराजय भोगिसकेको छ । २ सय २० रनको लक्ष्य लिएर आएको चेन्नईले ५ विकेट गुमाई २ सय १ रनमात्र बनाउन सक्यो । ओपनर डेभोन कोन्वे ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरी ६९ रनमा रिटायर्ड आउट भए । उनका ओपनिङ जोडी रचिन रवीन्द्रले २३ बल खेल्दै ६ चौकासहित ३६ रन बनाए । कप्तान ऋतुराज गायकवड १ रनमै आउट भए । शिवम दुवेले २७ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरेर ४२ र महेन्द्रसिंह धोनीले १३ बल खेल्दै १ चौका र ३ छक्कासहित र २७ रन बनाए । पन्जाबका लोकी फर्गुसनले ४० रन खर्चेर २ विकेट लिए । यसअघि २४ वर्षीय आर्यले ३९ बलमै शतक प्रहार गरेका थिए, जुन आईपीएलको तीव्र गतिमा बनेको चौथो शतक हो । उनको प्रयासमा पन्जाबले २१९–६ को स्कोर बनाएको थियो । ओपनर आर्यले कुल ४२ बल खेल्दै १ सय ३ रन बनाए । उनीबाहेक शीर्ष ६ मध्ये ५ ब्याटरले २५ बलमा ३२ रनमात्र बनाउन सके । सातौं नम्बरमा ब्याटिङ गरेका शशांक सिंहले ३६ बल खेल्दै २ चौका र ३ छक्कासहित ५२ र मार्को यानसेन १९ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । आर्यले आफ्नो इनिङ्समा ७ चौका र ९ छक्का प्रहार गरेका थिए । चेन्नईका खलिल अहमद र रविचन्द्रन अश्विनले २–२ विकेट लिए । कोलकाता– टस हारेपछि ब्याटिङ निम्तो पाएको लखनउ सुपर जायन्ट्सले इडेन गार्डेनमा २३८–३ को स्कोर बनाएको थियो । आईपीएलमा लखनउको यो दोस्रो उच्च स्कोर थियो । तर टोली पावरप्लेमा ९० रन खर्चेर पराजयतर्फ उन्मुख भयो । लखनउले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै २३ रन अन्तरमा कोलकाताको ५ विकेट खोस्दै खेल ४ रनले आफ्नो पक्षमा पारेको थियो । १३ ओभरमा १६२–२ को अवस्थामा रहेको कोलकातालाई त्यसपछि विजयनिम्ति ४३ बलमा ७७ रन चाहिन्थ्यो । तर, टोलीले २० ओभरमा ७ विकेट गुमाई २ सय ३४ रनमात्र बनाउन सक्यो । कप्तान अजिन्क्या रहानेले ३५ बलमा ८ चौका र २ छक्कासहित ६१ रन बनाए । बैंकटेश ऐरले २९ बलमा ६ चौका र १ छक्कासहित ४५, सुनिल नारिनले १३ बलमा ४ चौका र २ छक्कासहित ३० र क्विन्टन डी ककले ९ बलमा १५ रन बनाए । अन्तिममा रिंकु सिंहले १५ बल खेल्दै ६ चौका र २ छक्कासहित अविजित ३८ रन बनाए । लखनउका आकाश दीप र शार्दुल ठाकुरले २–२ विकेट लिए । शार्दुलले लगातार ५ वाइड फाले । यसअघि लखनउबाट पुनः विदेशी ब्याटरहरू चम्किए । एडेन मारक्रम र मिचेल मार्सले १०.२ ओभरमा ९९ रन जोडे । मारक्रम २८ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाएर आउट भएपछि साझेदारी टुटेको थियो । मार्सले यस सिजन चौथो अर्धशतक बनाउनेक्रममा ४८ बल खेल्दै ६ चौका र ५ छक्कासहित ८१ रन बनाए । रन बनाउने सूचीमा अगाडि रहेका निकोलस पूरन ८७ रनमा अविजित रहे । उनले ३६ बलमा ७ चौका र ८ छक्का प्रहार गरे । कोलकाताका हर्षित रानाले २ विकेट लिए ।

बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो

काठमाडौँ — प्रतियोगिता सुरु हुनुअगाडि कम्तीमा कागजमा कोही बलियो थियो भने बुटवल–लुम्बिनी एफसीमा पनि थियो । टोलीलाई खेलाडी लिलामीमा पनि भाग्यले साथ दिएको थियो । तर नेपाल सुपर लिग (एनएसएल) को लिग

हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ‌ओभरमा मात्र

अरू समाचार उपलब्ध छैन

पन्जाबको जोस, चेन्नई उस्तै

मोहाली — प्रियांश आर्यले शतक बनाएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबको ४ खेलमा यो तेस्रो जित हो । तर, चेन्नईले ५ खेलमा चौथो पराजय भोगिसकेको छ । २ सय २० रनको लक्ष्य लिएर आएको चेन्नईले ५ विकेट गुमाई २ सय

Read More »

बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो

काठमाडौँ — प्रतियोगिता सुरु हुनुअगाडि कम्तीमा कागजमा कोही बलियो थियो भने बुटवल–लुम्बिनी एफसीमा पनि थियो । टोलीलाई खेलाडी लिलामीमा पनि भाग्यले साथ दिएको थियो । तर नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका आधा खेल सकिँदा प्रतियोगिताबाटै बाहिरिने पहिलो टिम हुनेक्रममा छ बुटवल लुम्बिनी । टोलीको ४ खेल सकिएको छ । खातामा छ जम्मा

Read More »

हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ‌ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बल खेल्दै चार चौका

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन