खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

लिजेन्डरी फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

काठमाडौँ — ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस मंगलबार नेपाल आएका छन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी केहीबेर अघि काठमाडौं विमानस्थलमा उत्रिएका हुन् । विमानस्थलमा उनलाई तामझामसहित सम्मान पनि गरिएको छ । काठमाडौं बसाइका क्रममा उनले नेपाली समर्थकलाई भेट्ने छन् भने दशरथ रंगशालामा हुने एनएसएलको क्वालिफायर–टु पनि हेर्नेछन् । ५२ वर्षीय कार्लोसले सन् २०१६ तिर व्यावसायिक फुटबल खेल्न छाडेका थिए । तर, उनको चर्चा अहिलेसम्म पनि अटुट छ, किनभने उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छ । विश्व फुटबलमा अगाडि खेलेर गोल गर्नेको बढी चर्चा हुने गर्छ । तर कार्लोस त्यस्ता खेलाडी पनि होइनन् । उनी त रक्षापंक्तिका खलाडी हुन् । अझ ठ्याक्कैभन्दा ‘फुलब्याक’ । उनको खेल विशेषता भनेकै रक्षात्मक खेलाडी रहेर पनि अत्यधिक आक्रामक रहनु हो । उनी शक्तिशाली प्रहारका लागि माहिर छन् । फ्रिकिकमा अचुक निसाना लगाउनु उनको विशेषता थियो । उनले तीन विश्वकप खेले । त्यसमध्ये सन् १९९८ मा ब्राजिल फाइनल पुगेको थियो र उपविजेतामै सीमित रह्यो । सन् २००२ मा एसियामा भएको पहिलो विश्वकपमा भने उनीसम्मिलित ब्राजिल च्याम्पियन भएको थियो । उनलाई बढी चिनिने भनेको रियल म्याड्रिड खेलाडीका रूपमा हो, जहाँ उनले १२ वर्षजति बिताए । उनले अर्को युरोपेली क्लब इन्टर मिलानबाट पनि खेले । ब्राजिली राष्ट्रिय टोलीका लागि १ सय २५ पल्ट खेलेर १० गोल गरेका छन् । त्यसमध्ये एक गोलका लागि भने उनलाई सधैं सम्झिने गरिन्छ । अझ विश्व फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट, अविश्वसनीय र कहिले पनि चर्चाबाट टाढा नहुने गोलका लागि कार्लोस प्रसिद्ध छन् ।

ललितपुर सिटीको अपराजित यात्रा

काठमाडौँ — ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसनले सुरुमै भनेका थिए, टिमको लक्ष्य लिग चरणमा अपराजित रहनु हो । डिफेन्डिङ च्याम्पियनले आफ्नो वचन बुधबार पूरा गरेको छ । नेपाल सुपर लिग (एनएसएल)

सुपर ओभरमा दिल्लीको जगजगी

दिल्ली — दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । सुपर ओभरमा राजस्थानले ५ बल खेलेर दुवै विकेट गुमाई ११ रनमात्र बनाउन

अरू समाचार उपलब्ध छैन

लिजेन्डरी फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

काठमाडौँ — ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस मंगलबार नेपाल आएका छन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी केहीबेर अघि काठमाडौं विमानस्थलमा उत्रिएका हुन् । विमानस्थलमा उनलाई तामझामसहित सम्मान पनि गरिएको छ । काठमाडौं बसाइका क्रममा उनले नेपाली समर्थकलाई भेट्ने छन् भने दशरथ रंगशालामा हुने एनएसएलको क्वालिफायर–टु पनि

Read More »

ललितपुर सिटीको अपराजित यात्रा

काठमाडौँ — ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसनले सुरुमै भनेका थिए, टिमको लक्ष्य लिग चरणमा अपराजित रहनु हो । डिफेन्डिङ च्याम्पियनले आफ्नो वचन बुधबार पूरा गरेको छ । नेपाल सुपर लिग (एनएसएल) को आफ्नो अन्तिम लिग खेलमा झापा एफसीलाई बराबरीमा रोक्दै ललितपुरले प्रतियोगिता इतिहासमै लिग चरणमा अपराजित हुने पहिलो टिम बनेको छ ।

Read More »

सुपर ओभरमा दिल्लीको जगजगी

दिल्ली — दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । सुपर ओभरमा राजस्थानले ५ बल खेलेर दुवै विकेट गुमाई ११ रनमात्र बनाउन सकेको थियो । दिल्लीबाट केएल राहुल र ट्रिस्टन स्टब्सको जोडीले ४ बलमै १३ रन बनाएको थियो । यसअघि टस हारेपछि ब्याटिङको निम्तो

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन