दार्जीलिङ, 21 जुन (निसं): दार्जीलिङको छोरा बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेको छ। आगामी 25 जुनदेखि शुरू हुने सीएफएल प्रिमियर लीग फुटबल खेलको पहिलो चरणमा किडरपोर स्पोर्टिङ क्लब बनाम वारिएथलेटिक क्लबको माझमा आगामी 28 जुनको दिन भिडन्त हुने खेल विधाननगर एमएसए मैदानमा 3 बजेदेखि हुनेछ। पहाडी भेगको खेल जगतमा निकै चर्चित खेलाडी बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेर लीग प्रतियोगिताको निम्ति तैयारी रहेको जनाए। गत 15 जुनदेखि हुने सीएफएल प्रिमियर लीग प्रतियोगितामा किडरपोर स्पोर्टिङ क्लबको पक्षमा बिरेनले खेल्ने भएको छ। तर कतिपय कारण वश खेल तालिकाको मिति परिवर्तन भएकोले आगामी 25 जुनदेखि खेल आरम्भ हुने जनाए। अभेग क्षेत्र मजुवा ग्रामको छोरा बिरेन प्रधानलाई किडरपोर स्पोर्टिङ क्लबको रक्षापंतीको स्थानमा र 4 नम्बर जर्सीमा आगामी 28 जुनको दिन विधाननगर एमएसए खेलमैदानमा हुन गइरहेको कलकत्ता प्रिमियर लिगमा देखिने भएको छ। पहाडको विभिन्न गोल्डकपहरूमा युनाइटेड खरसाङ फुटबल क्लबको पक्षमा उत्कृष्ट खेल प्रर्दशन गर्दै रक्षापंक्तिको रूपमा पर्खाल सरह निर्धक्क खेल्ने बिरेन प्रधानलाई यस पटक प्रिमियर लीगमा देखिने भएको छ। धेरै दबावमा पनि निर्धक्क खेल्न सक्ने क्षमता भएको बिरेनले विभिन्न ठूलो-सानो खेलहरूमा दर्जनौं प्लेर्यस अफ द म्याचको उपाधिले सम्मनित भईसकेका उनको योग्यताले सीएफएल प्रिमियर लीगमा उनको पदार्पण भइरहेको दार्जीलिङ मजुवा ग्राम बतासे बस्ति अभेग क्षेत्रका प्रतिभा हुन उनिसँग दार्जीलिङ निवासी निवास राणा पनि किडरपोर स्पोर्टिङ क्लबबाट खेल्ने जानकारी पाइएको छ।
कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
