बिमल गुरुङद्वारा नयाँ घर हस्तान्तरण

Share this news

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ तथा हाईवे संयोजक श्रीमान अर्जुन (अशोक) छेत्रीले कुमाई ९ नम्बर वार्डको फ्याक्ट्री लाइन निवासी उमेश छेत्रीको नयाँ घर पूर्ण रूपमा निर्माण गरि हस्तान्तरण गरेका छन्।
विगत केही समयदेखि असहज परिस्थितिमा जीवन यापन गर्दै आएका उमेश छेत्रीलाई सुरक्षित र व्यवस्थित वासस्थानको आवश्यकता थियो। यस परिस्थितिमा मोर्चा नेतृत्वद्वारा देखाइएको संवेदनशीलता र सक्रियताले स्थानीयस्तरमा ठूलो राहत पुर्‍याएको छ।

घर निर्माण कार्यमा स्थानीय युवाहरू, समाजसेवी तथा कार्यकर्ताहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। सामूहिक प्रयास, पारस्परिक सहयोग र नेतृत्वद्वारा देखाइएको सकारात्मक दृष्टिकोणले फेरि एकपटक सहकार्यको शक्ति देखाएको छ।
यस सफलतापछि स्थानीय बासिन्दाहरूले मोर्चाको जनजीवनप्रतिको संवेदनशीलता र व्यवहारिक सहायताप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार