अमेरिकाका विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्पको नीति

Share this news

अमेरिका —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाका विश्वविद्यालयहरुमा विदेशी विद्यार्थी भर्ना रोक्न नयाँ नीति अघि बढाएको छ ।गत साता हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेज गर्न जारी गरेको आदेश तत्काल कार्यान्वयनमा संघीय अदालतले रोक लगाएपछि राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाभरका विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने नयाँ नीति अघि बढाएका हुन् ।

ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरुमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरुको भिसा अन्तर्वार्ताका रोक्न निर्देशन दिइसकेको छ ।अमेरिकाका विश्वविद्यालयहरुमा अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरुको सामाजिक सञ्जाल छानबिन गर्नुपर्ने कारण देखाएर तत्कालका लागि भिसा अन्तर्वार्ताहरु स्थगित गर्न निर्देशन दिएको हो । अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीका लागि नयाँ भिसा अन्तर्वार्ताको तालिका रोकेको सोमबार अमेरिकी सञ्चामाध्यमहरुमार्फत सार्वजनिक गरेको हो ।विदेश मन्त्रालयले सोसल मिडियामा उनीहरुको गतिविधिको स्क्रिनिङ विस्तार गर्ने तयारी गरिरहेकोले केही समय अन्तर्वार्ता रोकिने र अन्तर्वार्ताको अप्वाइन्टमेन्ट पाइसकेकाहरुका लागि लागू नहुने जनाएको छ ।

 

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार