कलेजहरूमा भर्ना प्रक्रिया शुरु

Share this news

खरसाङ,21 जून (मोहन प्रसाद): पश्‍चिम बंगाल केन्द्रिकृत भर्ना पोर्टल 2025-26 अन्तर्गत खरसाङ कलेज संगै राज्यको विभिन्न कलेजहरूमा भर्ना प्रक्रिया शुरु भएको छ। प्राप्त जानकारी अनुसार, पश्‍चिम बंगाल सरकारको उच्च शिक्षा विभागका भारप्राप्त मन्त्री ब्रत्या बसुद्वारा केन्द्रिकृत भर्ना पोर्टल 2025-26 को निम्ति गत 17 जूनमा खोलिएको थियो भने उक्त पोर्टल मार्फत् कलेजमा भर्नाको निम्ति पञ्जीकरण वा आवेदन गर्ने प्रक्रिया गत 18 जुनदेखि शुरू भएर आगामी 1 जुलाईसम्म चल्ने छ । यस अवधि, आगामी 6 जुलाईमा प्रथम मेरिट लिष्ट जारी हुनेछ भने 24 देखि 31 जुलाईसम्म सम्बन्धित कलेजहरूमा विद्यार्थीहरूद्वारा अनलाइन जमा गरिएको सम्बन्धित कागज-पत्रको जाँच गरिने छ। सोही अनुरूप 1 अगस्तदेखि सबै कलेजमा 2025-26 शिक्षा सत्रको कक्षा आरम्भ हुनेछ। खरसाङ कलेजका प्राचार्य डा. समीर बलले जनाए अनुसार केन्द्रिकृत भर्ना पोर्टल अन्तर्गत विद्यार्थीहरूले राज्यको 25 वटा कलेजमा अनि 25 वटा विषयहरूमा भर्नाको निम्ति उक्त पोर्टल मार्फत आवदेन गर्न सक्नेछन् । तिनले यो पनि जनाए कि आवेदन दाखिल गर्ने प्रक्रिया निःशुल्क रहेको छ। पश्‍चिम बंगाल सरकारको बंगला सहायता केन्द्रहरूमा पनि विद्यार्थीहरूले अनलाइन पञ्जीकरण अथवा फारम भर्न सक्नेछन्। इच्छुक विद्यार्थीहरूको निम्ति खरसाङ कलेजमा पनि हेल्प डेक्सहरू आरम्भ गरिएको छ। विद्यार्थीहरूले कलेजमा आएर यी हेल्प डेक्सहरू मार्फत अनलाइन भर्ना प्रक्रिया पुरा गर्न सक्नेछन्। यी हेल्प डेक्सहरूबाट विद्यार्थीहरूलाई भर्ना सम्बन्धमा आवश्यक जानकारी अनि सहयोग पनि प्रदान गरिनेछ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार