कंगोको राजधानीमा भीषण वर्षापछि बाढी, कम्तीमा ३३ जनाको मृत्यु

Share this news

काठमाडौँ — कंगोको राजधानी किन्सासामा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । आत्मरक्षाको प्रयासमा स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ प्रस्थान गरिरहेका छन् ।

भीषण वर्षा र बाढीका कारण किन्सासामा कम्तीमा ३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । पश्चिमी किन्सासामा धेरै घर शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षापछिको बाढीले बगाएको छ ।

कंगो नदीको किनारमा अवस्थित किन्सासा सहरमा १ करोड ७० लाख मानिस बसोबास गर्छन् । यो नदी विश्वकै ठूला नदीहरूमध्ये एक हो जुन देशैभरि फैलिएको छ । कंगो नदीमा बाढी आउनु सामान्य कुरा भए पनि जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा बाढी झनै बढी र खतरनाक बन्दै गएको राष्ट्रपति फिलिक्स सिसेकेडी स्वयंले चेतावनी दिइसकेका छन् ।

राजधानीका २६ वटा जिल्लाहरू बाढीबाट प्रभावित भएका छन् । सबैभन्दा बढी असर गरिब बस्तीहरू र सहरको बाहिरी भागमा परेको छ । एक स्थानीयका अनुसार पानी डेढ मिटरसम्म पुगेको छ ।

‘हामी ज्यान जोगाएर निस्किएका छौँ, तर घरभित्र धेरै कुरा फसेका छन्,’ स्थानीयलाई उद्दृत गर्दै एएफपी समाचार संस्थामा उल्लेख गरिएको छ । सरकारले ढिलो प्रतिक्रिया दिएको र पर्याप्त सहयोग उपलब्ध नगराएको थुप्रै स्थानीयको आरोप छ । उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार