एआईको सकारात्मक प्रयोग गर्न साइबर ब्युरोको अनुरोध

Share this news

काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर व्यक्तिको चरित्र हत्या, अश्लील तथा आपत्तिजनक सामग्री निर्माण तथा सार्वजनिक गर्ने क्रम बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले त्यस्तो नगर्न सूचना प्रकाशन गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल र एआईको अत्यधिक प्रयोगसँगै दुरुपयोग बढेको ब्युरोको ठहर छ । व्यक्तिको चरित्र हत्या, अश्लील तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगीतको सिर्जना गरी/गराई मानमर्दन गर्ने कार्य बढ्दै गएको साइबर ब्युरोले जनाएको छ । यसमा ब्युरोको गम्भीर ध्यानाकर्षण भएको मंगलबार प्रकाशित सूचनामा उल्लेख छ ।

यस्ता गतिविधिले व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने मात्र नभई विद्यमान साइबर कानुन अनुसार अपराधसमेत हुने ब्युरोले स्पष्ट पारेको छ । प्रहरी उपरीक्षक दीपकराज अवस्थीले हस्ताक्षर गरेको सूचनामा नागरिकलाई सोच विचारपूर्वक डिजिटल प्रविधिको प्रयोग गर्न आग्रह गरिएको छ ।

‘कानुनी झमेलामा नपर्न यस्ता प्रविधिको प्रयोग सोच विचार गरी अरूको सम्मानमा आँच नपुर्‍याउने गरी सकारात्मक प्रयोग गर्नु हुन सबैलाई साइबर ब्युरो अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार