एमाले महासचिव भन्छन् : सरकार परिवर्तन हुने हल्ला आजबाट सकियो

Share this news

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले सरकार परिवर्तन हुने हल्ला आजबाट सकिएको बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताप्रति इंगित गर्दै महासचिव पोखरेलले नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजदेखि अन्त्य भएको बताएका हुन् ।

महासचिव पोखरेलले लेखेका छन्, ‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ ।’ उनले अब नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी हुनुपर्ने पनि बताएका छन् ।

वर्तमान गठबन्धन सरकारमा ‘समस्या’ आएको चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसबारे आशंका मेटाउने प्रयास भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भएको छलफलमा गठबन्धनभित्र देखिएका समस्याको समाधान र आशंका मेटाउनेबारे गम्भीर गृहकार्य गर्ने निधो भएको स्रोतको भनाइ छ ।

बालुवाटार स्रोतका अनुसार भेटमा ओलीले राजनीतिक संयन्त्रमा रहेका नेताहरूबाट सरकारको सार्वजनिक रूपमा आलोचना हुनु उचित नभएको बताएका थिए । पछिल्लो समय संयन्त्रमा रहेका कांग्रेस महामन्त्री गगन थापाले सरकारले काम गर्न नसकेको भन्दै कडा आलोचना गरिरहेका छन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार