खरसाङ, 26 जून(निसं)ःअ खरसाङको वार्ड नम्बर 7 को डेभलपमेन्ट कमिटीद्वारा विद्यार्थीहरुलाई सम्बर्द्धना जनाइएको छ। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 को डेभलपमेन्ट कमिटीद्वारा यस वर्ष 2025 मा माध्यमिक, उच्च माध्यमिक, आईसीएससी अनि सीबीएसईका 23 जना नानीहरूलाई सम्बर्द्धना जनायो। यस कार्यक्रमको अध्यक्षता वार्ड डेभलपमेन्ट कमिटीको अध्यक्ष मोहन गुरुङले गरेका थिए भने सञ्चालन गणेश प्रधानले गरेका थिए। कार्यक्रमको मुख्य अतिथि खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक अनि क्षेत्रीय सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। विशिष्ट अतिथिमा डेपुटी मजिस्ट्रेट एवम् खरसाङ नगरपालिकाको कार्यकारी अफिसर कैलास प्रसाद उपस्थित रहेका थिए। यसपालीको माध्यमिक उत्तीर्ण गर्ने पाँचजना, उच्च माध्यमिक उत्तीर्ण चारजना, आईसीएसई उत्तीर्ण 13 जना अनि आईएससी उत्तीर्ण एकजना रहेका थिए। नानीहरूलाई आ-आफ्नो अभिभावकसित खदा स्मृति चिन्ह अनि प्रमाण पत्र प्रदान मुख्य अतिथि, विशिष्ट अतिथि अनि अन्य सदस्यहरुको बहुलीबाट प्रदान गरियो। यस अवसरमा नानीहरूलाई शैक्षिक क्षेत्रमा प्रोत्साहन प्रदान गर्नु हेतु महुकुमा अधिकारी, क्षेत्रीय सभासद्, डेपुटी मजिस्ट्रेट, साहित्यकार बालकृष्ण थामी, अभिभावक पक्षबाट गौतम छेत्री, अन्जु कार्की आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा पहिला अतिथिहरु को बाहुलीबाट धुप छिमी बालेर कार्यक्रमको थाल्नी गरियो। यस कार्यक्रमबारे सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार वार्ड नम्बर 7 को वार्ड डेभलपमेन्ट कमिटीले 2005 देखि यसरी विद्यार्थीहरुलाई परीक्षाको रिजल्ट आएपछि नानीहरुलाई प्रोत्साहनको लागि सम्बर्द्धना जनाउँदै आईरहेको छ। विगत आन्दोलन र कोविडको महामारीमा यो कार्यक्रम हुन् सकेन। उनले यो कार्यक्रम सम्पन्न भएकोमा सबैलाई आभार प्रकट गरेका छन्। सभासद श्याम शेर्पाले आफ्नो वक्तव्यमा भने, वर्तमानमा पहाड शान्तिपूर्ण रहेको छ र पढने परिवेश पनि रहेको छ। पहाडको नानीहरूले पनि युपीएसई, डब्ल्युबीसीएस परीक्षा पास गरेको सुन्न र देख्नु पाईरहेका छौँ। नानीहरूले राम्रो पढेर भविष्यमा युपीएसई, डब्ल्युबीसीएस र अन्य ठूलो परीक्षाहरु पास गरेर ठूलो ठूलो ओहोदामा पुगेमा घर परिवार र पहाडको नाम उच्च राख्नुपर्छ। आफ्नो आमा बाबाको नाम उच्च राख्नुपर्छ।’उनले नशालु पदार्थदेखि आफु पनि बाँच्ने अनि अन्यलाई पनि जोगाउने साथै मोबाइलको सदुपयोग गर्ने दिन रात मोबाइलमा मात्रै नभुलिनु भन्ने सुझावहरु राखेका छन्।अन्त्यमा कार्यक्रमको सभा अध्यक्ष मोहन गुरुङले सबैले समय निकालेर नानीहरूलाई प्रोत्साहन दिन आएकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
