साउथफिल्ड कलेजमा एक घण्टा योग धारणा

Share this news

दार्जीलिङ,21 जुन(निसं): दार्जीलिङ साउथफिल्ड कलेजद्वारा विश्व योग दिवसको पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा विहान 7 बजीदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी 5 बंगालका एएनओ प्रा. ज्ञानश्री प्रधानको
नेतृत्वमा सबैले लगभग एक घण्टा योग अभ्यास प्रदर्शन गरे। कलेजका प्राचार्य डा. अनुराधा राई साथै अन्य प्राध्यापकगण साथै विद्यार्थीवर्गमा प्रा. ज्ञानश्री प्रधानले जीवनमा योगको महत्त्वबारे प्रकाश पार्दै भारत देशले विश्वलाई नै योगको माध्यमबाट शिक्षित तुल्याइरहेको तथ्यहरू विद्यार्थीवर्गमा साझा गरे। कार्यक्रममा प्रा. विशाल छेत्री, प्राध्यापक प्रतिष्ठा गुरूङ,प्राध्यापक विनय प्रधान, प्राध्यापक सन्नी रावत, प्राध्यापक ब्राइसन लेप्चा,प्राध्यापक श्रीकृष्ण सरकार, प्राध्यापक शङ्कर कर, प्राध्यापिका प्रियंका मुखिया, प्राध्यापक मन्दिका सिन्हा, प्राध्यापिका नम्रता तामाङ, प्राध्यापिका नेहा राई, प्राध्यापक प्रशान्त गुरूङ, प्राध्यापक गौरव घोष आदिको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार