दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस पालन गरिएको जानकारी मेरा युवा भारतको डिप्टी डाइरेक्टर देवकुमार च्याटर्जीले दर्पणलाई दिएका छन्। च्याटर्जीले बताए अनुसार, विशेष रुपमा दैनिक योगा गर्नाले मानिसको जिवनमा पुग्ने फाईदा अनि यसले मानिसको दीर्घ आयु अनि जिवनभर निरोगी बनाउन ठुलो सहयोग पुर्याउने गर्छ भन्ने जागरुकता विशेष गरेर अहिलेको युवा वर्गहरुमा जनचेतना फैलाउन अनि दैनिक योगा गर्ने अभ्यास गर्नु पर्ने सरकारको प्रमुख उद्देश्य रहेको हो। अन्तराष्ट्रिय योगा दिवस दार्जीलिङ जिल्ला मेरा युवा भारतको तत्वधनमा धोतरिया उच्च माध्यमिक विद्यालय अनि कालेबुङको सरकारी महा बिद्यालयमा पनि छात्र छात्राहरुलाई लिएर भव्य रुपमा पालन गरिएको जानकारी च्याटर्जीले दिएका छन्। जसमा सामूहिक रूपमा छात्र छात्राहरु अनि शिक्षकवर्गद्वारा योगा अभ्यास गरियो भने पछि कार्यक्रममा योगा सम्बन्धित विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो।
दुई जिल्लामा योगा दिवसमा योगाभ्यास
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
