एसएफआइले स्कूलका विद्यार्थीहरूलाई प्ऱ्यालीमा लगेको आरोप

Share this news

जलपाइगढ़ी, (निस): लगभग १२ र १३ वर्षका नानीहरूल ऱ्यालीमा भाग लिनका साथै तिनीहरू जिल्ला उच्च माध्यमिक विद्यालय व निरीक्षक कार्यालय अगाडि हातमा झण्डा लिएर बसेका थिए। तर तिनीहरूलाई आन्दोलन के हो भन्ने पनि । थाहा छैन। नानीहरूलाई सोद्धा जवाफ आयो, एल्डरहरूले आउन भनेका थिए, न त्यसैले आएका हौं। शुक्रवार मार्क्सवादी कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन स्टुडेण्ड फेडरेशन अव् इण्डिया (एसएफआइ) ले स्कूलको शैक्षिक न पूर्वाधारको सुधारसहित धेरै मुद्दाहरूमा स्कूलका विद्यार्थीहरूलाई यसरी संलग्न गराएर विवादमा फसेको छ। उक्त घटना जलपाइगढ़ी उच्च माध्यमिक निरीक्षक कार्यालयमा भएको थियो। सरकारी कानूनअनुसार, कुनै पनि ऱ्यालीमा स्कूले विद्यार्थीहरूलाई समावेश गर्न पाइने छैन। तर त्यसपछि जिल्ला उच्च माध्यमिक स्कूल निरीक्षक बालिका गोलेले विद्यार्थीहरूलाई ऱ्यालीमा कसरी समावेश गरियो भन्ने बारेमा एसएफआइलाई पत्र लेख्ने भएकी छन्।

यस सम्बन्धमा जलपाइगढ़ी जिल्ला न्यायालयका वकिल सन्दीप दत्तले भने, बाल ऐन अनुसार नानीहरूलाई उक्साएर कुनै पनि आन्दोलनसँग संलग्न गराउन सकिँदैन। किनभने तिनीहरू त्यस्तो स्तरमा छन् जहाँ तिनीहरू राम्रो र नराम्रो बुझ्न सक्दैनन् । किनभने तिनीहरू त्यस्तो स्तरमा सही र गलत बुझ्दैनन्। त्यसैले यो पूर्णतया कानून विरुद्ध छ। घटनापछि विपक्षी तृणमूल र भाजपा विद्यार्थी संगठनहरूले पनि एसएफआइको आलोचना गरेका छन्। तिनीहरूलाई ललीपपको प्रलोभन दिएर आन्दोलनमा ल्याइएको थियो। भाजपा नेता श्याम प्रसादले भने, एसएफआइले अब विद्यार्थीहरूलाई आफ्नो अस्तित्व जोगाउन आन्दोलनमा ल्याइरहेको छ। यसबाहेक स-साना विद्यार्थीहरूलाई विरोध गर्न उक्साउनु कानून अन्तर्गत दण्डनीय अपराध हो। यसैबीच, जिल्ला उच्च माध्यमिक विद्यालय निरीक्षक बालिका गोलेले शिक्षा विभागको निर्देश अनुसार विद्यार्थीहरू स्कूल पोशाकमा होस् वा नहोस्, त्यस्ता ऱ्यालीहरूमा उपस्थित हुनसक्ने छैनन् भनी स्पष्ट पारेकी छन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार