राष्ट्रिय राजमार्ग १० मा पैह्रोले यातायात बन्द

Share this news

मनसून आरम्भसितै राष्ट्रिय राजमार्ग -१० (एनएच-१०) मा आवागमनमा अवरोध भएको छ। सिलगढ़ी, कालेबुङ र सिक्किम जोड्ने यस महत्त्वपूर्ण सडकमा निरन्तर वर्षाका कारण प्रमुख सड़क खण्डहरूमा ठूलो क्षत्ति पुगेको छ। विशेष गरी मल्ली र किर्ने क्षेत्रहरूमा सड़क भत्किएको छ।

कालेबुङ जिल्ला पुलिस अधीक्षक हरि पाण्डेले यसबारे पुष्टि गरेका छन्। पाण्डेअनुसार बिहानैदेखि बड़ेको वर्षाले पैह्रो गएर सड़कका केही मागहरू पूर्ण रूपले नचल्ने अवस्थामा पुगेको छ। त्यसले गर्दा आगामी दिन अझ गम्भीर ट्राफिक समस्या देखिन सक्ने सम्भावना बनेको छ। अहिले वैकल्पिक मार्गको अभावमा यात्रीहरूले ठूलो कठिनाइ भोगिरहेका छन्। प्रभावित क्षेत्रहरू अझै जोखिमपूर्ण बन्दै गइरहेको छ, जसका कारण प्रशासनले अनावश्यक यात्रा नगर्ने सुझाउ दिएको छ।

Landslide at NH 10


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार