थापाको धन्यवाद,आयोग परीक्षामा नेपाली भाषा वैकल्पिक विषयमा समावेश

Share this news

दार्जीलिङ,20 जुन(निसं): नेपाली विषयलाई पश्चिम बंगाल लोक सेवा आयोग (डब्लूबीपीएससी)-द्वारा सञ्चालित पश्चिम बंगाल सिविल सेवा (इएक्सइ) र अन्य परीक्षाहरूमा वैकल्पिक विषयको रूपमा समावेश गरिएकाेमा मुख्यमन्त्री ममता बनर्जीलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित थापाले धन्यवाद दिएका छन्। यसबारे थापाले भनेका छन्,पश्चिम बंगाल लोक सेवा आयोग (डब्लूबीपीएससी)-द्वारा सञ्चालित पश्चिम बंगाल  सिविल सेवा (इएक्सइ) र अन्य परीक्षाहरूमा नेपाली साहित्यलाई वैकल्पिक विषयको रूपमा समावेश गर्न अनुरोध गर्दै गत 2 जुनको दिन राज्यका मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्रा पठाएको गरेको थिए। त्यस पश्चात मैले कोलकाता भ्रमण समय सम्बन्धित अधिकारी अनि विभागमा यस मुद्दालाई उठाएको थिए। त्यही पत्राचार अनि भेटघाटको प्रतिफल हो वर्तमान जारी नयाँ अधिसोचना। उन!भने, नेपाली विषयलाई पश्चिम बंगाल लोक सेवा आयोगको परीक्षामा वैकल्पिक विषयमा समावेश गरिनु नेपाली भाषी युवाहरुलाई न्याय दिनु ठान्छु। यसको निम्ति म मुख्यमन्त्री ममता व्यानर्जीलाई सम्पूर्ण नेपाली भाषी समुदायको तर्फबाट कृतज्ञता प्रकट गर्दछु।वर्तमान परिवेशमा कुनै पनि विषयको समाधान डाइलग-बाट नै हुन्छ भन्ने यो अर्को प्रमाण पनि हो। ठीक ठाउँमा मुद्दा लैजानु। सही निर्णय लिने नेतृत्व सामु मुद्दा राख्नु। कुरा बुझाउनु सक्नु। आजको दिनमा चाहिएको नितान्त आवश्यक कुटनैतिक विचार हो। डब्लूबीसीएस परीक्षाको तयारीमा रहेका गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन  क्षेत्र, डुवर्स अनि तराईका नेपाली विषयलाई बैकल्पिक विषय बनाउँनु चाहनेहरूलाई शुभकामना पनि दिदछु भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित थापाले भनेका छन्।

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार