दार्जीलिङ,16 जुन(निसं): रंगीत-मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको 4 किलोमिटर गाडीको सडक निर्माण कार्यको थालनी गरिएको छ। गत जनवरी महिनादेखि यस सडक निर्माण कार्यलाई लिएर अघि आएका रंगीत-मजुवा डेभलभमेन्ट एसोसिएशनको पहलमा रंगीत-मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको लगभग 4 किलोमिटर गाडीको सडकको निर्माण कार्य आजदेखि युद्ध स्तरमा भइरहेको जानकारी गराउदै उक्त बाटो निर्माण कार्यको निम्ति वर्षौंदेखिको सपना पुरा गर्न सबैलाई सहयोगको अपिल गरिएको छ। उक्त 4 किलोमिटर बाटोको निर्माण कार्य ढेन्डुप भुटिया एण्ड कम्पनीले गर्नेछ भने उक्त सडकको निर्माण पूर्ण रूपले सिमेन्टको कंक्रिट ढलाई रहनेछ। लगभग 35 वर्षअघि त्यसताक दार्जीलिङ गोर्खा पार्वतीय परिषद्का क्षेत्रीय पार्षद छितेन शेर्पाको पहलमा बनिएको बाटो अहिले आएर 35 वर्षपछि पहिलो पटक वर्तमान गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन चिफ एक्जुकेटिभ अनित थापाको पहलमा यस बाटोले काँचुली फेर्ने भएको छ। उक्त सडक निर्माण कार्यको थालनी भएकोमा सम्पूर्ण क्षेत्रवासीमा खुसीको लहर छाएको पनि बताए । यसैले उक्त सडक निर्माण कार्यलाई सुचारू गराउनका निम्ति प्रत्येक दिन यस सडकमा गुड्ने गाडीहरूको समयतालिका बिहान साँडे 8 बजीदेखि दिउँसो 1 बजीसम्म, 2 बजीदेखि 4 बजीसम्म अनि 4:30 बजीदेखि 6:30 बजेसम्म सडल बन्द रहने जनाउदै उत्कृष्ट बाटो निर्माणको निम्ति चालक बर्ग लगायत सम्पूर्ण यात्रीहरूलाई रंगीत-मजुवा डेभलभमेन्ट एसोसिएशनले सहयोगको अपिल गरेको छ। अनि उक्त समयतालिकालाई रङ्गीत मजुवा डेभलपमेन्ट एसोसिएशनका सचिव सत्यम राईले जानकारी गराउदै सम्पूर्ण चालक दाज्युभाइ साथै क्षेत्रवासीहरूलाई भएका असुविधाको निम्ति खेद प्रकट गरेका छन्।
अनित थापाको पहलमा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको सडक निर्माण
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
