सिनकोनाकी आइरन लेडी श्रीमती रेनुलिना सुब्बालाई सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान

Share this news

दार्जीलिङ, 15 जुन(निसं):गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले कालिम्पोङकी वरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी श्रीमती रेनुलिना सुब्बालाई “प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार” प्रदान गर्ने घोषणा गरेको छ। जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले आज पत्रकार सम्मेलनमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।उनले भने, “श्रीमती रेनुलिना सुब्बालाई यस वर्षको सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गरिनेछ। यो सम्मान दार्जीलिङ पहाडको गरिमा र गौरवलाई शिखरमा पुर्याउन योगदान दिने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान गरिन्छ।”
गत वर्षको भानुजयन्ती समारोहमा जीटीए प्रमुख अनित थापाले सुवास घिसिङको स्मृतिमा यो पुरस्कार प्रत्येक वर्ष उहाँकै जन्म जयन्ती (२२ जुन) मा प्रदान गरिने घोषणा गरेका थिए। घोषणालाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय महासचिव तथा विधायक नीरज जिम्बाले यस निर्णयलाई राजनीति भन्दा माथि उठेर गरिएको ऐतिहासिक कदम भन्दै स्वागत गरेका थिए।स्वर्गीय सुवास घिसिङको जन्म २२ जुन १९३६ मा मिरिकको मञ्जु चिया बगानमा भएको थियो भने उहाँको निधन २८ जनवरी २०१५ मा दिल्लीमा भएको थियो।श्रीमती रेनुलिना सुब्बा कालिम्पोङ क्षेत्रकी पहिलो गोर्खा महिला विधायक हुन्। उनले १९७७ मा अखिल भारतीय गोर्खा लिगबाट र १९८२ मा स्वतन्त्र उम्मेदवारका रूपमा विधायक पदमा निर्वाचित भई क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएकी छिन्। विद्यालय, कलेज, स्वास्थ्य केन्द्र स्थापना, नेपाली भाषा आन्दोलन, महिला सशक्तिकरण र सिनकोना मजदुर आन्दोलनमा उनको अग्रणी भूमिका रहेको छ। यही कारण उनलाई “सिनकोनाकी आइरन लेडी” भनेर सम्मान गरिन्छ।यो सम्मान प्रदान गर्दै जीटीएले दार्जीलिङ–कालिम्पोङ क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानलाई उजागर गर्ने प्रयास गरेको छ।

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार