ड्रग्स विरूद्ध ग्रामवासी जागैं

Share this news

संकटै संकटको यस समयमा युवा जमातको भविष्य कसरी सुरक्षित बनाउने हो, यस विषयले सबैलाई चिन्तित बनाएको छ।
विशेष गरेर पहाड़ र यससँग संलग्न इलाकाहरू यसको चपेटमा पर्न गएको देखिन्छ। सालबारी, सुकना, देबीडाङ्गा, मिलनमोड़, सालुगड़ा, कालीझोड़ा, ड्रग्सको ओसार पोसारमा अग्रिम पंक्तिमा आउन थालेको धेरै भयो। असंख्य युवा जमातको सुनौलो भविष्य अन्धकार भयो। हालै देवीडाङ्गामा ड्रग्सको विरूद्ध स्थानीय मानिस खड़ा हुँदा रातको अध्यारोमा बाहिरबाट आएर समाज विरोधीहरूले स्थानीय मानिसलाई डर देखाए। यसको विरोधमा देवीडाङ्गा बजार बन्द पालन गरियो। ड्रग्सको व्यापारमा लिप्त ती समाज विरोधीहरू प्रशासनसित नडराएको यस घटनाबाट उदाङ्गो भयो। त्यसो भए अब कसरी युवा जमातलाई बचाउने त ! गम्भीर कुरो र विषय हुन्। अब पनि मौन बसे यसको विरोधमा एक भाएर विरोधमा ओर्लिन नसके स्थिति भयावह हुनेछ। स्थानीय संघ संस्था लगायत नागरिक समाज एक भएर यसलाई रोक्नको लागि पहल गर्न आवश्यक छ। गत केही वर्ष अघि जब गौरव शर्मा सिलगढीका पुलिस कमिशनर ‘भएर आएका थिए तब ड्रग्स माफिया र भू माफिया विरूद्ध कठोर पाइला चाल्न थालेका थिए। गौरव शर्माले ड्रग्सको मूल थलोमा अभियान चलाएर ओसार पोसारमाथि रोक लगाएका थिए। त्यसरी नै भू-माफियाहरूलाई जेलमा थुनेर गैरकानूनी कार्यलाई धेरै हदसम्म रोक लगाउन सफल भएका थिए। तर यसरी शहरबासीको हितार्थ राम्रो काम गर्दा गौरव शर्मालाई सिलगढ़ीबाट सरूवा गरियो। उनी सरूवा हुने बितिक्कै सिलगढ़ी शहरमा गैरकानूनी कार्य पहिलाको गतिमा हुन थाल्यो। यसबाट स्थानीय मानिसहरू वाक्क दिक्क भएका छन्। विशेष गरेर पहाडका युवा जमातलाई ड्रग्सको नशामा भुलाएर राख्न केही वर्षदेखि ठूलै षड्यन्त्र चलिरहेको छ। यसैले यस कार्यमा लिमहरू कसैको डर भर नराखि ओसार-पोसारमा लिप्त छन्। प्रशासनले चाहे एकै दिनमा गैरकानूनी कार्यमाथि लगाम लगाउन सक्छ तर प्रशासनले ड्रग्स माफियाहरूको विरूद्धमा कुनै प्रकारको पाइला चालिएको छैन। यस्तै अवस्था र व्यवस्था रहे पहाड़मा युवा जमातलाई जोगाउन गाह्रो हुने भएको छ। यसप्रकारको चलखेललाई जरैबाट मास्न हरेक अभिभावक मैदानमा ओर्लिनु पर्छ। आ- आफ्नो क्षेत्रमा कुनै नयाँ मानिसलाई दैनिक देखन थाले सबैले सोधखोज गर्ने अनि कुनै प्रकारको सन्देह भए थानामा जानकारी दिने काम गर्नु पर्छ। पहिलो चरणमा यी कार्यले बाहिरबाट आउने मानिसहरू डराउने छन्। अनि कुनै प्रकारको गैरकानूनी काम गर्न अघि दसपल्ट सोच्नु पर्नेछ। आ आफ्नो ठाउँमा स्थानीय मानिस जागे युवा जमातलाई भूल बाटोमा जानुदेखि बचाउन सकिनेछ। अब मौन नबसेर जगाउने काम गरौं सबैको भविष्य सुरिक्षत बन्नेछ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार