गान्तोक, २० मई (निस): सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यको भ्रमण गर्ने समाचारबीच आज मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमा प्रधानमन्त्रीसित शिष्टाचार भेट गरेर आधिकारिक रुपमा निम्तो दिएका छन्। मुख्यमन्त्रीको निमन्त्रणालाई प्रधानमन्त्रीले सहर्ष स्विकारेका छन्। यसको साथै आगामी २९ मईको दिन प्रधानमन्त्री मोदीको गान्तोक भ्रमणको आधिकारिक पुष्टी भएको छ। यसको जानकारी स्वंय मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा दिएका छन्।
अर्कोतिर यहाँ गान्तोकमा प्रधानमन्त्रीको भ्रमणलाई लिएर तयारी युद्धस्तरमा चलिरहेको छ। राज्य सरकार आफ्नो स्तरमा तयारीमा लागेको छ भने सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले पनि आफ्नै स्तरमा तयारी गरिरहेको छ। यसको निम्ति दुवै निकायले निरन्तर सभाहरू गरिरहेको छ। यसै क्रममा मन्त्री अरुण उप्रेतीको अध्यक्षतामा आज देउरालीस्थित उनकै निवासस्थानमा एसकेएम पार्टीको एउटा बैठक बसेको थियो।
आज नयाँ दिल्लीमा भएको भेटवार्तामा मुख्यमन्त्री तामाङले भारतीय सेनाको आतङ्कवाद विरुद्ध हालको सफल अपरेशन सिन्दूरको निम्ति सिक्किम अनि सिक्किमवासीको पक्षमा प्रधानमन्त्रीलाई बधाई दिएका छन्। उनले यसलाई आतङ्कवाद विरुद्ध भारतको महत्वपूर्ण कोशेढुङ्गा बताएका छन्। यस अपरेशनको सफलताले राष्ट्रीय गौरव साथै शान्ति अनि सुरक्षाप्रति प्रतिवद्ध राष्ट्रको रुपमा भारतको विश्वव्यापी स्थितिलाई अझ बलियो बनाउने उनको भनाइ रहेको छ। यसको साथै सिक्किम राज्यलाई निरन्तर सहयोग र मार्गदर्शनको निम्ति पनि मुख्यमन्त्री तामाङले राज्य अनि राज्यवासीको पक्षमा प्रधानमन्त्री मोदीलाई विशेष धन्यवाद दिए।
मुख्यमन्त्री तामाङले प्रजातन्त्रको स्वर्णजयन्तीको यस विशेष अवसरलाई सफल अनि स्मरणीय बनाउन साथै प्रधानमन्त्रीलाई भव्य स्वागत जनाउन सम्पूर्ण राज्यवासीलाई एक भएर अघि आउने अपील गरेका छन्।

मुख्यमन्त्री तामाङ र प्रधानमन्त्री मोदी बीच भेटवार्ता २९ मईमा प्रधानमन्त्रीले गान्तोकको भ्रमण गर्ने आधिकारिक पुष्टि
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
