अन्तरिक्षबाट फर्कियो गायिका केटी पेरीसहितको टोली

Share this news

काठमाडौँ — प्रख्यात पप गायिका केटी पेरीसहित ६ जना महिला अन्तरिक्षको भ्रमण सकेर पृथ्वीमा फर्किएका छन् । अर्बपति जेफ बेजसको कम्पनी ब्लु अरिजिनले बनाएको न्यु सेफर्ड रकेटमार्फत उनीहरू पर्यटकका रूपमा अन्तरिक्षमा गएका थिए ।

अन्तरिक्ष भ्रमणमा निस्किनेमध्ये पेरीसहित बेजसकी हुनेवाला श्रीमती लरेन सान्चेज, टेलिभिजन प्रस्तोता गेल किङ, नासाकी पूर्वकर्मचारी आयसा बोवी, नागरिक अधिकारकर्मी अमान्डा नुयेन र फिल्म निर्माता किरियान फ्लिन थिए ।

जम्मा ११ मिनेट लामो उडानको टिकट मूल्य स्पष्ट नखुलाए पनि १ लाख ५० हजार डलर अर्थात हालको विनिमय दरअनुसार करिब २ करोड नेपाली रुपैयाँ रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसमा यात्रुहरूले पृथ्वीको आधा चक्कर लगाएका थिए । महिलाहरूको यो टोली पृथ्वीको सतहभन्दा १ सय किलोमिटर माथि, ‘कर्मन लाइन’ भनिने वायुमण्डलको आखिरी तह र बाह्य अन्तरिक्ष शुरु हुने स्थानभन्दा केही माथिसम्म पुगेका थिए ।

त्यस क्रममा उनीहरूले केहीबेर भारशून्य (वेटलेसनेस) महसुस गरेको प्रतिकृया दिएका छन् । यानभित्र हावामा झैँ तैरिएको र पृथ्वीको आधा गोलाइसँगै अन्तरिक्षको अँध्यारोसमेत अवलोकन गर्न पाएको उनीहरूले बताएका छन् । अन्तरिक्ष यात्रामा डेजी फुल बोकेर गएकी गायिका पेरीले ‘ह्वाट अ वन्डरफुल वर्ल्ड’ बोलको गीतसमेत गाएकी थिइन् । वैज्ञानिक बोवीले वनस्पती विज्ञान र मानव शरीरसँग सम्बन्धित तीनवटा अनुसन्धान गर्न भ्याइन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार