हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

Share this news

काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ‌ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बल खेल्दै चार चौका र तीन छक्का हिर्काए । यस्तै कप्तान रोहित पौडेलले नटआउट ३७ रन बनाउँदा ओपनर आशिफ शेखले ३३ रन बनाए । बसिर अहमदले पनि नटआउट ३० रनको योगदान दिए ।

कतारका लागि दुवै विकेट मुजिब उर रहमानले लिएका थिए । त्यसअघि टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो ।

कतारका लागि कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । ५४ बल नै खेलेका उनले २ छक्का र पाँच चौका प्रहार गरे

यस्तै शाहजीब जमिलले ३१ रन बनाउँदा मुजिब उर रहमानले नटआउट २०, महोम्मद इरशादले नटआउट १८ र अरुमुगनेश नागार्जनले १३ रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १/१ विकेट लिए । कप्तान रोहित पौडेलले टस जित्दै पहिले फिल्डिङ रोजेका थिए ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार