‘सिकन्दर’को व्यापारमा ओरालो यात्रा

Share this news

काठमाडौँ — सलमान खान अभिनीत नयाँ फिल्म ‘सिकन्दर’ले भारतमा अपेक्षित कमाइ गर्न सकेको छैन । ३० मार्चमा प्रदर्शनमा आएको यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा भने केही राम्रो व्यापार गर्‍यो ।

२६ करोडको ओपनिङ कमाइबाट सुरु भएको ‘सिकन्दर’ले भारतमा हालसम्म झण्डै १०४ करोड रुपैयाँ कमाइ गर्‍यो ।

दोस्रो साताबाट फिल्मको कमाइ ओरालो लाग्दै गयो । दोस्रो सोमबारमा फिल्मले मात्र १.७५ करोड कमायो । फिल्मले विश्वभरबाट २०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । अपेक्षाअनुसार यो सन्तुष्टजनक व्यापार भने हैन । ‘गजनी’जस्ता फिल्म निर्देशन गरेका ए.आर. मुरुगदासले निर्देशन गरेको ‘सिकन्दर’ एक्शन-रोम्यान्स जनराको फिल्म हो ।

फिल्ममा श्रीमतीको मृत्युको बदला लिने पात्रको कथा छ । फिल्ममा श्रीमतीको मृत्युको बदला लिने पात्रको कथा छ । फिल्ममा सलमानको साथै रश्मिका मन्दाना, सत्यराज, काजल अग्रवाल, शरमन जोशी, प्रतीक बब्बर र अंजिनी धवनजस्ता कलाकारहरू मुख्य भूमिकामा छन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार