लिजेन्डरी फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

Share this news

काठमाडौँ — ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस मंगलबार नेपाल आएका छन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी केहीबेर अघि काठमाडौं विमानस्थलमा उत्रिएका हुन् । विमानस्थलमा उनलाई तामझामसहित सम्मान पनि गरिएको छ ।

काठमाडौं बसाइका क्रममा उनले नेपाली समर्थकलाई भेट्ने छन् भने दशरथ रंगशालामा हुने एनएसएलको क्वालिफायर–टु पनि हेर्नेछन् । ५२ वर्षीय कार्लोसले सन् २०१६ तिर व्यावसायिक फुटबल खेल्न छाडेका थिए । तर, उनको चर्चा अहिलेसम्म पनि अटुट छ, किनभने उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छ ।

विश्व फुटबलमा अगाडि खेलेर गोल गर्नेको बढी चर्चा हुने गर्छ । तर कार्लोस त्यस्ता खेलाडी पनि होइनन् । उनी त रक्षापंक्तिका खलाडी हुन् । अझ ठ्याक्कैभन्दा ‘फुलब्याक’ । उनको खेल विशेषता भनेकै रक्षात्मक खेलाडी रहेर पनि अत्यधिक आक्रामक रहनु हो ।

उनी शक्तिशाली प्रहारका लागि माहिर छन् । फ्रिकिकमा अचुक निसाना लगाउनु उनको विशेषता थियो । उनले तीन विश्वकप खेले । त्यसमध्ये सन् १९९८ मा ब्राजिल फाइनल पुगेको थियो र उपविजेतामै सीमित रह्यो । सन् २००२ मा एसियामा भएको पहिलो विश्वकपमा भने उनीसम्मिलित ब्राजिल च्याम्पियन भएको थियो । उनलाई बढी चिनिने भनेको रियल म्याड्रिड खेलाडीका रूपमा हो, जहाँ उनले १२ वर्षजति बिताए ।

उनले अर्को युरोपेली क्लब इन्टर मिलानबाट पनि खेले । ब्राजिली राष्ट्रिय टोलीका लागि १ सय २५ पल्ट खेलेर १० गोल गरेका छन् । त्यसमध्ये एक गोलका लागि भने उनलाई सधैं सम्झिने गरिन्छ । अझ विश्व फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट, अविश्वसनीय र कहिले पनि चर्चाबाट टाढा नहुने गोलका लागि कार्लोस प्रसिद्ध छन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार