महानगर प्रहरीको ज्यादती : कानुनविपरीत लाठीचार्ज र कुटपिट

Share this news

काठमाडौँ — काठमाडौं महानगरपालिकाले बिहीबार च्यासलस्थित कवाडी संकलन केन्द्रमा डोजर चलायो। स्थानीयको अनुरोधमा कवाडी संकलन केन्द्र हटाउनेक्रममा दुई जना मजदुरले विरोधस्वरूप ढुंगामुढा गरे। ढुंगाले डोजरको सिसा फुट्यो। नगर प्रहरीले लाठी चार्ज गरे । एक जनाको टाउकोमा चोट लाग्यो । अर्का एक जना घाइते बने ।

प्रहरीले लछारपछार गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ। धेरै पटक सडक व्यापारीमाथि नगर प्रहरीले बुट बर्साएका घटना देखिएका छन् । तर नगर प्रहरीलाई यसरी बुट बर्साउने र लाठी प्रहार गर्ने अधिकार नै हुन्छ कि हुँदैन त ? के नगर प्रहरीले यस्तो अमानवीय व्यवहार गर्न मिल्छ ? प्रश्न उब्जिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकेको छ । ऐनको परिच्छेद ३ मा नगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन, सम्पत्तिको संरक्षण, चाडपर्वको सुरक्षा व्यवस्थापन जस्ता काममा नगर प्रहरी परिचलन गर्न सक्ने व्यवस्था गरेको छ । ऐनले नगर प्रहरीलाई धरपकड, लाठीचार्ज, लछारपछार, कुटपिट गर्ने त्यस्तो अधिकार दिएको छैन ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार