‘भूठान’को ट्रेलर सार्वजनिक

Share this news

काठमाडौँ — ‘बुलबुल’ निर्देशक विनोद पौडेलको निर्देशनमा बनेको फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दुई धर्म अंगाल्ने व्यक्तिको मृत्युपछाडि हुने संस्कारलाई लिएर हुने अन्यौल देखाइएको छ ।

फिल्ममा प्रमुख भूमिका रहेको अभिनेता हरिवंश आचार्यसहित फिल्मका अन्य कलाकारहरु ट्रेलरमा अटाएका छन् ।

ट्रेलरअनुसार प्रमुख पात्रले दुई धर्ममा आस्था राखेको देखाइएको छ । अब उक्त संस्कार हिन्दूधर्म अनुसार होला या इसाई ? त्यो थाहा पाउन भने वैशाख १२ नै पर्खनु पर्ने हुन्छ । म्याड मंकी फिल्मको प्रस्तुतिमा तयार यो फिल्ममा घर हराएको व्यक्तिको कथा समेटिएको निर्माण पक्षले बताउँदै आएका छन् । यो फिल्ममा हरिवंशसँगै अभिनेता दयाहाङ राई, पूजा चन्द, ब्रुस डर्न र ऋचा घिमिरेलगायतको अभिनय छ ।

सुसन प्रजापतिले खिचेको यो फिल्ममा जेफ्री चान्सको रंग संयोजन, अन्जन गजुरेलको कला, अन्जन खड्काको सम्पादन छ । फिल्मलाई अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली, किर्तना बास्कोटा र निर्देशक पौडेल आफैंले निर्माण गरेका हुन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार