पपुलर हुदैछ बालुवाबास झोलुङ्गे पुल स्काई वक

Share this news

चुङथुङं18जून(निसं): स्काई वक झोलुङ्गे पुल बालुवबासमा प्रति दिन घुम्न आउनेहरुको भीड देखिन थालेको छ। गत 13 जून शुक्रबादेखि नाल डाँडा बाटोको उद्घाटन भएदेखि यसो स्थानीय मानिसहरू लगायत पर्यटकहरू धेरै आउन थालेका छन्। अहिले बाटोको सुविधा भएर नै गाड़ी, स्कुटी बाईक आदिमा घुम्न आउनेहरुको भीड बढ्न थालेको नाल डाँडा गाउँ निवासी सुदेश खवास, सुरज तामाङ आदिले जनाए। गर्मी धेरै छ तर पनि स्थानीय लगायत बाहिरका पर्यटकहरूको आगमन बालुवाबासमा भईरहेको खवास र तामाङले बताए। पुल-बिजनबारी क्षेत्रमा धेरै होम स्टेहरु छन् जहाँ आउने पर्यटकहरुको निम्ति बालुवा बासमा निर्मित स्काई वक झोलुङ्गे पुल पनि एउटा थप पोइन्ट हुन गएको छ। यस बाहेक अझ थप योजनाहरू बालुवा बासमा निर्माण भए बालुवाबास धेरै रमाईलो अनि महत्वपूर्ण भएर जाने प्रशस्त सम्भावनाहरु देखिन्छ। जहाँ धेरै पर्यटकहरूको आगमन हुनु भनेको नै बेरोजगारहरुको
निम्ति रोजगारको व्यवस्था हुनु हो। गत 13 जुनको दिन आयोजित नाल डाँडा बाटोको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अजय एडवर्डले थप योजनाहरू केफे, जिपलाइन आदि निर्माण गर्ने कुराहरु पुनः दोहोर्‍याएका थिए।

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार