नाइट क्लबको छाना भत्किँदा मर्नेको संख्या २०० नाघ्यो

Share this news

काठमाडौँ — डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिङ्गोस्थित एक नाइट क्लबको छाना भत्किँदा मृत्यु हुनेको संख्या २०० नाघेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । एवीसी न्युजले उक्त घटनामा कम्तीमा २१८ जनाको मृत्यु भएको र १५५ जना घाइते भएकाो जनाएको छ ।

मृत्यु हुनेमध्ये सन् २०१३ मा सन्यास लिएका चर्चित बेसबल खेलाडी क्टाभियो डोटेल सहित एल अफ्रिकानो र लास आविस्पास जस्ता चर्चित गीत गाएका डोमिनिकन गायक रुवी पेरेज सहित छन् । मंगलबार बिहान रुवी पेरेजको लाइभ कन्सर्टका चलिरहेका बेला जेट सेट भनिने नाइट क्लबको छानो भत्किदा यो घटना भएको हो ।

बिशेषज्ञ सहितको बिशेष उपकरणहरुको सहायतले भग्नावशेष हटाउँदै खोज तथा उद्दार कार्य जारी राखेका छन् । राष्ट्रपति लुइस रोडोल्फो एबिनाडेरले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सामाजिक संजालमा लेखेका छन, ‘यो घटना भएको क्षणदेखि हामी पल–पलको जानकारी लिइरहेका छौं। सबै उद्धार निकायहरूले आवश्यक सहयोग प्रदान गरिरहेका छन् र उद्धार कार्यमा अहोरात्र लागिपरेका छन् ।’


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार