कोलकातालाई हराएपछि गुजरात शीर्षमा बलियो

Share this news

कोलकाता — कप्तान शुभमन गिलको प्रभावशाली इनिङ्सप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार कोलकाता नाइट राइडर्समाथि ३९ रनको जित पाएको छ । यससँगै गुजरातले शीर्षस्थानलाई थप बलियो बनाएको छ । ८ खेलमा गुजरातको यो छैटौं जित हो ।

गिलले ५५ बलमा ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले इडेन गार्डेन रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९८ रन बनाएको थियो । प्लेयर अफ द म्याच गिलले १० चौका र ३ छक्का प्रहार गरे । उनले ओपनिङ जोडी साइ सुदर्शनसँग १३ ओभरभित्र १ सय १४ रन जोडेका थिए ।

प्रतियोगिताका सर्वाधिक रनकर्ता सुदर्शनले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरी ५२ रन बनाए । जोस बटलरले २३ बल खेलेर ९ चौकासहित ४१ रनमा अविजित रहे । शाहरूख खानले ५ बलमा अविजित ११ रन बनाए । कोलकाताका वैभव अरोरा, हर्षित राना र एन्ड्रे रसेलले १–१ विकेट लिएका थिए ।

अजिन्क्या रहानेले ५० रन बनाए पनि कोलकाताले ८ विकेट गुमाई १ सय ५९ रनमात्र बनाउन सक्यो । क्विन्टन डी ककको स्थानमा ल्याइएका रहमनुल्लाह गुरबाजले १ रनमात्र बनाउन सके । सुनिल नारिनले १७, वैंकटेश ऐरले १४, रिंकु सिंह १७ र रसेलले २१ रन बनाए । कप्तान रहानेले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अंगकृष रघुवंशीले १३ बल खेल्दै ३ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे ।

गुजरातका लागि सर्वाधिक विकेटकर्ता प्रसिद्ध कृष्ण र रशिद खानले २–२ विकेट लिए । दुवैले ४ ओभरमा समान २५ रन खर्चेका थिए । मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साइ किशोरले १–१ विकेट लिए । कोलकाताको ८ खेलमा यो पाँचौं हार हो ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार