कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

Share this news

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आगामी परीक्षा हेरफेरको निर्णय लिन आज बिहान डाकेको बैठक जारी छ ।

शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा हेरफेरको एजेन्डासहितको बैठक जारी रहेको बैठकमा सहभागी बोर्डका एक सदस्यले जानकारी दिए ।

नजिकिँदो परीक्षा भएपनि शिक्षक हडतालका कारण परीक्षाका लागि अभिमुखीकरण लगायतका काम पनि अघि बढ्न सकेका छैनन् । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारीसहितका आफूहरुका माग पूरा नभएसम्म शिक्षकहरुलाई कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन निर्देशन दिएको छ ।

५ लाखभन्दा बढी परीक्षार्थी रहेको कक्षा १२ को परीक्षा सञ्चालनका लागि २० हजार जनशक्ति आवश्यक पर्छ । परीक्षाका लागि जापानकाे एभरेष्ट स्कुलसहित १ हजार ५ सय ९१ परीक्षा केन्द्र रहेका छन् ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार