एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

Share this news

काठमाडौँ —  पूर्ण रूपमा स्वचालित एआई र रोबटिक्स प्रणालीले सञ्चालन गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियाबाट एक शिशुको जन्म भएको छ । विशेषज्ञहरूले आफ्नो भौतिक संलग्नता बेगर नै एआईलाई डिजिटल माध्यमबाट निर्देशन दिएको भरमा आईभीएफ विधि सञ्चालन गरिएको थियो ।

एआईमा आधारित आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट लिएर प्रयोगशालामा निषेचन गर्ने प्रक्रिया ‘आईसीएसआई’ लाई पूर्ण स्वचालित बनाइएको थियो ।

आईभीएफ विधिको परम्परागत निषेचन प्रक्रियामा एक-एक शुक्रकीटलाई भ्रूण विशेषज्ञहरूले अण्डामा इन्जेक्सन गर्ने वा खोपद्वारा मिसाउनुपर्थ्यो । यो निकै लम्बेतान प्रक्रियाका कारण प्रयोगशालाका कर्मचारीलाई अधिक थकान र मानवीय त्रुटिको समेत सम्भावना हुने बताइन्छ । अहिले विकास गरिएको प्रणालीले निषेचन पक्रिया (फर्टिलाइजेसन)का २३ वटा जटिल चरणहरूलाई एआई र डिजिटल नियमनमार्फत स्वाचालित गरी सही र सटीक परिणाम सुनिश्चित गर्ने दाबी गरिएको छ ।

अमेरिकी बायोटेक कम्पनी ‘कन्सिभेबल लाइफ साइन्सेज’ का वैज्ञानिक तथा चिकित्सकहरूले पूर्ण स्वचालित आईभीएफ प्रविधि विकास गरेका हुन् । यस प्रविधिले भ्रूण विकासको सम्भावना बढाउने गरी निषेचन प्रक्रियामा सबैभन्दा उत्तम शुक्रकीट छनोट गर्न एआईमा निर्भर रहने कम्पनीले जनाएको छ । यसमा मानवीय त्रुटिहरूलाई कम गर्न र जटिल प्रक्रियालाई सरलीकरण गर्न रोबटहरू प्रयोग गरिने पनि उल्लेख गरिएको छ ।

यस्तो प्रविधि विकास भएसँगै मेक्सिकोकी ४० वर्षीया महिलाले हाल विश्वमा पहिलो पटक एआईमा आधारित आईभीएफ विधिबाट बालकलाई जन्म दिएकी हुन् । अघिल्ला आईभीएफ उपचारबाट गर्भधारण गर्न नसकेकी उनले ग्वाडालाजारा शहरमा रहेको ‘होप आईभीएफ मेक्सिको’ मा डोनर अण्डाको प्रयोग गर्दै यस नयाँ प्रविधिद्वारा उपचार गराइ एक स्वास्थ्य शिशु जन्माउन सफल भएको ‘रिप्रोडक्टिभ बायोमेडिसिन’ अनलाइनमा प्रकाशित केस स्टडी प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदनअनुसार यस प्रणालीको विशेषता भनेको एआईले शुक्रकीटलाई अण्डामा इन्जेक्सन गर्ने मात्र नभई सबैभन्दा उत्तम गुणस्तरको शुक्रकीट चयन, शुक्रकीटलाई स्थिर बनाउने लेजर प्रविधिको प्रयोग र शुक्रकीटलाई इन्जेक्सन नलीमा उचित तरिकाले राख्न पनि सक्षम हुनु हो । यस प्रक्रिया कुल ११५ चरणहरूमा पाँच वटा अण्डा निषेचन (फर्टिलाइजेसन) गरिएको र प्रतिअण्डा प्रोसेसिङ समय औसत १० मिनेट लागेको थियो ।

कन्सिभेबल साइन्सेजका प्रमुख वैज्ञानिक अधिकृत डा. ज्याक्युज कोहेनका अनुसार एआईमा आधारित यस प्रविधिले प्रयोगशालाका कर्मचारीहरूको कामको दबाब कम गर्नुका साथै आईभीएफको सफलता दरमा सुधार ल्याउने सम्भावना बढाउनेछ। कम्पनीले यसलाई थप छरितो र प्रभावकारी बनाउन अनुसन्धान र परीक्षण आवश्यक रहेको जनाएको छ । यो प्रविधि सुरक्षित र प्रभावकारी प्रमाणित भएमा यसले विश्वभर सहायक प्रजनन प्रक्रियालाई रूपान्तरण गर्ने अपेक्षा गरिएको छ ।

‘हालको आईभीएफ प्रक्रिया लम्बेतान, महँगो र मानवीय त्रुटिको जोखिमयुक्त थियो,’ टाइम्स अफ इन्डियाले लेखेको छ, ‘नयाँ प्रविधिमा एआईको सहायताले संख्या गणनामा त्रुटि नहुने सुनिश्चितता हुन्छ भने भ्रूण तथा निषेचनका लागि तथ्य र प्रमाणमा आधारित निर्णय प्रक्रियामा सहयोग मिल्नेछ । यो प्रविधिको थप विकासले कयौँ दम्पतीलाई गुणस्तरीय प्रजनन स्वास्थ्य सेवामा पहुँच दिँदै प्रजनन उपचारमा विद्यमान अभ्यासलाई रूपान्तरण गर्ने सम्भावना रहन्छ ।’


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार