आजदेखि दाउन्ने सडक दैनिक ४ घन्टा बन्द हुने

Share this news

नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नारायणढ–बुटबल सडक खण्डको दाउन्ने पहाडमा बुधबारदेखि दैनिक ४ घन्टा सडक बन्द गरी सडक बिस्तारको काम हुने भएको छ ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार आजदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने छ । आउँदो वैशाख १ देखि १५ दिनसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरेर काम गर्ने प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

राजमार्ग बिस्तारको काम हुँदा पूर्वतर्फबाट जाने गाडी दुम्कीबास, अरुणखोला, चोरमारा र पश्चिमतर्फबाट पूर्व जाने गाडी बर्दघाटमा रोकिने भएका छन् ।

पूर्व–पश्चिम जाने सवारी साधनले गैंडाकोटदेखि कालीगण्डकी करिडोर सडक (वैकल्पिक सडक) प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

बुटवल–नारायणगढ सडक बिस्तारको काम भइरहेको छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा पर्ने दाउन्ने पहाडको सडक १४ किलोमिटर छ । त्यहाँ दैनिक १८ हजारभन्दा धेरै गाडी ओहोरादोहोर गर्छन् । रामजार्ग बिस्तार गर्न भन्दै सडक भत्काइएका कारण त्यो १४ किलोमिटर सडक पार गर्न ३ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । राजमार्ग धुलाम्य हुँदा घन्टौं जाम हुने गरेको छ ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार