साउदीले लगायो भारतसहित १४ देशका नागरिकको भिसा प्रतिबन्ध

Share this news

रियाद — साउदी अरबले भारत, पाकिस्तानसहित १४ देशका नागरिकहरुलाई भिसा प्रतिबन्ध लगाएको छ ।

आगामी हज यात्रालाई लक्षित गर्दै भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्नका लागि यी देशका नागरिकहरुलाई उमरा, व्यापारिक तथा पारिवारिक भ्रमणका लागि भिसा प्रदान गर्न अस्थायी रुपमा रोक लगाएको हो ।

भिसा प्रतिबन्धको सूचीमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्टलगायतका मुलुकहरू परेका छन् । समाचार अनुसार यो प्रतिबन्ध २०२५ को हज यात्रा सकिएर जुन महिनाको मध्यसम्म कायम रहनेछ ।

प्रतिबन्धित १४ देशहरूमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरोक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन रहेका छन्।

साउदी अधिकारीहरूका अनुसार, अप्रिल १३, २०२५ (चैत्र ३०, २०८१) सम्म मात्र उमरा भिसा प्रदान गरिनेछ । त्यसपछि नयाँ भिसा यो सूचीमा रहेका देशका नागरिकहरूलाई हज सकिएपछि मात्र जारी गरिनेछ ।

साउदी सरकारको यो निर्णय हज अवधिभरको अत्यधिक भीड व्यवस्थापन तथा सुरक्षा उपायहरूलाई ध्यानमा राखेर लिइएको बताइएको छ ।

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार