‘काठमाडौं इन्टरनेसनल गीतार फेस्टिभल २०२५’ हुँदै

Share this news

काठमाडौँ — वेभ हस्पिटालीको आयोजनामा आगामी जेठ ९ र १० मा ‘काठमाडौं इन्टरनेसनल गीतार फेस्टिभल २०२५’ हुँदैछ । ६ विदेशी संगीतकर्मीसँगै गीतारिस्ट किशोर गुरुङले बसुन्धरास्थित ग्लोबल म्युजिक कन्जरभेटरीमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिनेछन् ।

कार्यक्रममा जर्मनी, इरान, थाइल्यान्ड, लिचेस्टाइन, अमेरिका, फ्रान्सका संगीतकर्मीले क्लासिकल गीतारमाथि ‘इन्ट्रुमेन्टल’ प्रस्तुति दिनेछन् । प्रस्तुतिसँगै विदेशबाट आएका संगीतकर्मीबाट ‘मास्टर क्लास’ पनि आयोजना गरिने तयारी छ । संगीतका विद्यार्थीलाई क्लासिकल गीतारमा तिखार्न पनि यो मास्टर क्लास संचालनमा आउने किशोरले बताए ।

‘प्रस्तुतिका लागि नेपाल आइपुग्ने सबै गीतारिस्टहरु अवार्ड जितिसकेका संगीतकर्मीहरु हुन्,’किशोरले भने,’खासमा अहिले उनीहरु प्रस्तुति दिँदै थाइल्यान्ड आइपुग्दै छन् । त्यसैले पनि उहाँहरुलाई नेपाललाई निमन्त्रणा दिएँ ।’

दुई दिनसम्म आयोजना हुने कार्यक्रममा प्रत्येक दिन चार कलाकारले प्रस्तुति दिनेछन् । किशोरका अनुसार उनीहरुले दुई घण्टाको प्रस्तुति दिनेछन् । यी संगीतकर्मीलाई नेपाल ल्याउने तयारी पछिल्लो १ वर्षदेखि नै भएको थियो ।

यही कार्यक्रममा किशोरले १५ वर्षपछि क्लासिकल गीतार समाउँदै प्रस्तुति दिनेछन् । यसबीच ‘फोकल डिस्टोनिया’ भएपछि किशोरले यसरी देश/विदेशमा प्रस्तुति दिन छाडेका थिए ।’


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार