अतिरिक्त ट्यारिफको धम्कीपछि अमेरिकासँग अन्तिमसम्म लड्ने चीनको चेतावनी

Share this news

बेइजिङ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएपछि चीनले पनि आफ्नो प्रतिक्रिया दिएको छ ।

ट्रम्पको धम्कीलाई चिनियाँ वाणिज्य मन्त्रालयले ‘एक अर्को ठूलो गल्ती’ बताएको छ । मन्त्रालयले अमेरिकाको कुनै पनि प्रकारको धम्कीलाई स्वीकार नगर्ने र अन्तिमसम्म ट्यारिफविरुद्ध पूरै ताकतले लड्ने चेतावनी दिएको छ ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पनि यो यो ट्यारिफ युद्धबारे आफ्नो अखबार पिपल्स डेलीमा लेख प्रकाशित गरेको छ । उकत लेखमा चीनको प्रतिक्रिया उचित, कानुनी, मजदबुद र संयमित रहेको बताइएको छ । अमेरिकाले विश्वलाई आफ्नो शक्ति देखाउन ट्यारिफको रवैया देखाएको आरोप लेखमा छ ।

यस लेखमा ट्रम्प प्रशासनको आलोचना गर्दै भनिएको छ, ‘अमेरिका ट्यारिफलाई एक हतियारजस्तै प्रयोग गरिरहेको छ । जब कि चीन अन्तर्राष्ट्रिय सहयोग र बराबरीको समर्थक हो ।’


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार